सोमबार ११ आश्विन २०७८

पर्वतका विभिन्न स्थानमा पहिरोले पु,रि,ए,र ज्यान गुमाउनेको संख्या  ६ पुगेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये ३ जनाको श,व भेटिएको छ भने २ जना अझै बे,प,त्ता छन् ।

हिजाे राति सवा २ बजेतिर घरमाथिबाट गएको पहिरोले घर परिदा १५ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिल्या पौडेलको मृ,xत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । श,व भेटिएका विमला र विनिता दिदीबहिनी हुन् भने कौशिल्या उनीहरूको हजुरआमा हुन् ।

कौशिल्याको बुहारी भगवती पौडेल र उनका छोरा विनोद बे,प,त्ता छन् । वडा नम्बर ३ का वडा अध्यक्ष यमशर्मा पौडेलले स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बे,प,त्ता,को खोजी गरिरहेको जानकारी दिए ।

शर्माका अनुसार ६ जनाको परिवारमा घरमुली रामप्रसाद भने वैदेशिक रोजगारीका शिलशिलामा कतारमा छन् । ‘राजप्रसाद विदेश गएको पनि ६ महिना पुगेको छैन, यता घरमा ठूलै बज्रपात आइलागेको छ,’ शर्माले भने, ‘गाउँमा निकै सहयोगी मान्छे थिए उनैमाथि यस्तो बज्रपात आइलाग्यो ।’ घटनाले सिंगो गाउँनै शोकमा डुबेको उनले सुनाए ।

शर्माका अनुसार गाउँकै माधव पौडेल सोही घरमा बस्दै आएका थिए । पहिराले उनी बसेको कोठामात्रै बचेको छ । उनैले होहल्ला गरेपछि गाउँलेले थाहापाएको शर्माले बताए । गाउँमा अरू ३ घर पनि पहिराेकाे उच्च जाेखिममा रहेकाे शर्मा जानकारी दिए ।

यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पनि पहिरोमा पु,रि,ए,र आमा छोराको मृ,xत्यु भएको छ । मृ,xत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश रहेका छन् ।

यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरोमा पु,रि,ए,र ५० वर्षीय ठुलीमाया थापाको पनि मृ,xत्यु भएको पर्वत प्रहरीले जनाएको छ । उनी घरमा एक्लै सुतेको बेला पहिरो गएको हो ।


Last Updated on: September 3rd, 2021 at 1:25 pm
९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया