शुक्रबार ०८ आश्विन २०७८

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट नि’धन भएको छ । ​कालीकास्थानमा बस्दै आउनुभएका उहाँको नि’धन भए’को हो ।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उहाँका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उहाँका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लगायत कृति लोकप्रिय छन् । १९९३ सालमा जुम्लामा जन्मनुभएका  उहाँ प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्वअध्यक्ष समेत हुनुहुन्थ्यो ।

उहाँ’को श’व श्र’द्धाञ्जलीका लागि पशुपति आ’र्यघाट’मा राखिने र अ’न्त्ये’ष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा.जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो । भट्टका श्रीमती र दुई छोरा छन् ।

 


Last Updated on: September 3rd, 2021 at 2:18 pm
१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया