सोमबार ११ आश्विन २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रवादी निर्णय लिएका छन् । कम्युनिस्टहरुले भूमि नमिचेको भनेर चीनलाई उन्मुक्ति दिएका बेला प्रधानमन्त्री देउवाले ।
भूमि मिचेको विषयमा छानविन गर्न समिति गठन गरेका छन् । प्रधानमन्त्री देउवाले बुधवारको मन्त्रिपरिषद् बैठकबाट हुम्ला लगायत उत्तरी छिमेकी चीनसँग छिमेकी जोडिएको सीमा क्षेत्र ।
मिचिएको र सीमा विवाद अध्ययनका लागि छानविन समिति गठनको निर्णय गराएका हुन् । हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चामा चीनले नेपाली भूमिमा अवैध रुपमा भौतिक संरचना बनाएको छ ।

जसको चौतर्फी विरोध भयो । तत्कालीन कम्युनिस्ट सरकारले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति बनाएर अध्ययन गराउँदा चीनले कब्जा नगरेको निष्कर्ष निकालेको छ ।
त्यसपछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीको नेतृत्वको टोलीले स्थलगत अध्ययन गर्दा ठाउँ ठाउँमा सीमा मिचिएको पाइएको थियो । उक्त प्रतिवेदन पूर्वपर्यटनमन्त्री । समेत रहेका शाहीले कांग्रेस केन्द्रीय कार्यालयमा बुझाएका छन् । सीमा मिचिएको पुष्टि नभए आफू राजनीतिबाट सन्यास लिने चुनौती दिएका छन् । कम्युनिस्टले भूमि मिच्ने चीनलाई उन्मुक्ति दिएको शाहीको गुनासो छ ।

शाहीले सभापति देउवा प्रधानमन्त्री बनेपछि पनि यो विषय उठाउँदै छानविन गर्न माग गरेका छन् । मागअनुसार देउवाले छानविन समिति बनाएका हुन् । समितिलाई सीमा विवादको अध्ययन गरी । नेपाल सरकारलाई प्रतिवेदन बुझाउनका लागि भनिएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री । ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । समितिमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि र सीमा विज्ञलाई सदस्य राखिएको छ ।


Last Updated on: September 3rd, 2021 at 3:12 pm
८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया