शुक्रबार ०८ आश्विन २०७८

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ);-शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विगतका समस्या बल्झिन सक्छन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो);-आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसी जनले आफ्ना कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । आँटेका काम तत्काल सम्पादन हुनेछन् । लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा );-मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो);-आमाको माध्यमबाट काम बनाउन सकिनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । धन जनको पनि बृद्घि हुने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे );-सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । आज नसोचेको ठाँउबाट धनको लाभ हुने देखिन्छ । साथै, ब्यापार ब्यबसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो );-बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते );-प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् । मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला । साथै, भौतिक साधनको क्षतिले रुपैँया पैसाको हानि हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु );-प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे );-प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । मौकाको फाइदा उठाउन नसकिएला । सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि );-आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ । द्रब्य प्राप्तिको पनि योग रहेको छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा );-कृषि तथा पशुपालनमा फाइदा हुनेछ । पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि );-अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ ।


Last Updated on: September 3rd, 2021 at 8:59 pm
१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया