शुक्रबार ०८ आश्विन २०७८

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि घर जग्गा तथा सवारि साधनको कारोबारभने फस्टाएर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने हुँदा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । आफन्त तथा कुटुम्बलाई समय दिन नसक्दा तपाईबाट टाडिनेछन् । मोजमस्ति तथा रमाईलो तिर ध्यान जादा स्वास्थ्य सम्बन्धि समस्या आउँन सकछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न निकैनै समय लगानि गर्नुपर्नेछ । बोल्दा वा कुनै सभा समारोहमा सहभागि भई प्रस्तुति दिदा ख्याल गर्नुहोला बोलिको प्रभाव घट्ने तथा गलत अर्थ लाग्ने प्रस्तुति हुँन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुनेहुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कार्यक्षेत्रमा राम्रो प्रभाव जमाउन सकिने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । भुमि,बाहन तथा भौतिक बस्तुका प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । अध्यनमा प्रगति हुँने हुँदा बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । नयाँ प्रबिधिको प्रयोग गरि शुरु गरिएका कामहरु समयमा सम्पन्न हुने तथा मनग्गे आम्दानि पनि हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु थातिनै रहनेछन् । राज्यको बिभिन्न पदमा बस्नेहरुले समयमा काम नगर्दिनाले कामहरु थाति रहनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा वि,वा,द सिर्जना हुँनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा वि,वा,द सिर्जना हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्निबिच अबिश्वास सिर्जना हँुनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुनेछ । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु बिच म,न,मु,टा,ब सिर्जना हुन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ ।


Last Updated on: September 4th, 2021 at 9:08 am
१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया