सोमबार ११ आश्विन २०७८

काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको जीप शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृ,xत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । त्यसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ प्रहरीले जनाएको छ ।

बा ३ ख ८६३९ नम्वरको जीप अर्घाखाँचीको सीतगंगा नगरपालिका वाड नम्वर ३ बरबोटमा दुर्घटना भएको हो । दुर्घटनामा करिव २९ वर्षीय एक पुरूषको मृ,xत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

१० जना घाइते भएका छन् । घाइते मध्ये चार जना गम्भीर रहेको प्रहरी नायव उपरीक्षक अम्मर थापाले जानकारी दिए ।


Last Updated on: September 4th, 2021 at 9:27 am
१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया