शुक्रबार ०८ आश्विन २०७८

दिनेश खड्का खप्तडि/ क्वालालम्पुर/१८ भाद्र २०७८, शुक्रवार// मलेसियामा एक मजदुरको गाडिको सिटमा वसेकै ठाउँमा मृ,xत्यु भएको छ । रामेछाप जिल्लाको खाडँदेवि गाउँपालिका वडा न २ का ३३ वर्षका पुर्णलाल मोक्तानको शुक्रवार विहान मृ,xत्यु भएको हो । मलेसियाको मेरुमा रहेको टवग्लोव कम्पनीमा कार्यरत रहेका मोक्तान विहिवारको नाईट डिउटी गरेर शुक्रवार विहान कम्पनीको गाडिमा पेतालिनजयामा रहेको होस्टल तर्फ फर्कदै गर्दा वसको सिटमै मृ,xत्यु भएको थियो ।

गाडिको सिटमा वसेर होस्टलमा आईरहेको अवस्थामा उनले समातको फोन खसेको थियो । फोन खसेको अन्य साथीहरुले देखेपछि मोक्तानलाई हेलो हेलो फोन खस्यो भनेर उठाउन खोजे तर उनी केहि पनि वोलेनन । नजिकै भएको साथिले निदाईरहेका होलान भनेर फोन टिपेर दिदा हलचल नगरेपछि हेर्दा उनको मृ,xत्यु भैसकेको थियो ।

मोक्तान ९ वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए । शवलाई पोस्टमार्टको लागि स्थानिय केलाग अस्पतालमा लगिएको छ । उनको के कारणले मृ,xत्यु भएको हो पोसमार्टम पश्चात थाहा हुने छ । यस अगाडि उनी कुनै पनि रोग नदेखिएको र केहि पनि औषधीहरु प्रयोग नगरेको साथीहरुले जानकारी गराएका छन ।


Last Updated on: September 4th, 2021 at 10:14 am
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया