शुक्रबार ०८ आश्विन २०७८

अर्जेन्टिनाले फिफा विश्वकप छनोट दक्षिण अमेरिकी छनोट अन्तर्गत सहज जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–१ गोल अन्तरले हराएको हो । अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेज, जोआक्विन कोरेया र एन्जल कोरेयाले एक एक गोल गरे ।

भेनेजुएलाका एफर्सन सोटेल्डोले एक गोल फर्काए । भनेजुएला खेलको ३२ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । भनेजुएलाका लुइज मार्टिनेज रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

अर्जेन्टिनाका लागि पहिलो हाफको इन्जुरी समयमा मार्टिनेजले गोल गर्दै अग्रता दिलाए । खेलको ७१ औं मिनेटमा जोआक्विनले गोल गर्दै अर्जेन्टिनाको दोब्बर पारे ।

७४ औं मिनेटमा कोरेएराले गोल गरेपछि अर्जेन्टिनाको अग्रता ३–० बनाए । भेनेजुएलाका सोटेल्डोले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपनि अर्जेन्टिना ३–१ ले विजयी भयो ।

जितसँगै अर्जेन्टिनाले ७ खेलमा १५ अंक जोडेको छ । भेनेजुएला ७ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ । त्यस्तै अर्काे खेलमा बोलोभिया र कोलम्बियाले १–१ गोलको बराबरी खेलको छन् भने इक्वेडरले पाराग्वेमाथि २–० गोलको जित निकाल्यो ।


Last Updated on: September 4th, 2021 at 2:46 pm
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया