बिहिबार ३१ भाद्र २०७८

चीनले सिचुआनको छन्दु सहरदेखि म्यानमारको सीमासम्मको रेलमार्ग खुला गरेको छ। जसका कारण रेल तथा सडकमार्ग हुँदै म्यानमारमार्फत चीनले हिन्द महासागरसम्म पहुँच प्राप्त गरेको छ।अगस्ट २७ का दिन सो रेलमार्ग हुँदै छन्दुसम्म कार्गो आइपुगेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।पहिले सिंगापुरबाट पानीजहाजमार्फत कार्गो यांगुन पुगेको थियो। त्यसपछि सडकमार्ग हुँदै सीमावर्ती सहर लिनकाङ पु¥याइएको थियो। त्यसपछि रेलमार्फत सो कार्गो छन्दु पुगेको थियो।यो मार्गले सिंगापुर, म्यानमार र चीनलाई जोड्छ र यो दक्षिणपश्चिमी चीन र हिन्द महासागरबीचको अहिलेको सबैभन्दा सुविधाजानक मार्ग हो,चाइना न्युज सर्भिसले लेखेको छ।यसले एकतर्फी सामान ओसार्दा लाग्ने समयलाई मात्रै २० देखि २२ दिनले छोट्याउने बताइएको छ।म्यानमारसम्बन्धी समाचार प्रकाशन गर्ने इरावाडी वेबसाइटले सो मार्गले पश्चिम चीन र हिन्द महासागरलाई पहिलो पटक जोडेको बताएको छ।अहिले म्यानमारको सीमामा रहेको चिनियाँ सहर लिनकाङसम्म मात्र रेलमार्ग छ। सीमाको म्यानमारतर्फको सहर चिन श हलाई पनि बीआरआई अन्तर्गत बोर्डर इकोनोमिक कोअपरेसन जोन बनाउने तयारी छ।

 


Last Updated on: September 4th, 2021 at 5:20 pm
११० पटक हेरिएको

तपाईको प्रतिक्रिया