शुक्रबार ०८ आश्विन २०७८

जिल्ला प्रहरी कर्यालय दाङले स्वचालित पे,स्तो,ल,सहित घोराहीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका– ९ सखी स्थायी ठेगाना भई हाल घोराही उपमहानगरपालिका–१३ बडहरा बस्ने २५ वर्षका ईन्द्रकमल बुढामगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुढामगरको घरमा रहेको रा५प ८७६२ नम्वरकोे स्कुटरको डिक्कीमा रातो प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा स्वचालित पे,स्तो,ल १ थान, पे,स्तो,ल,मा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गो,ली बरामद गरेको हो ।

पक्राउ परेका बुढाविरुद्ध हा,त,ह,ति,या,र खरखजना मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: September 5th, 2021 at 9:32 am
१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया