शुक्रबार ०८ आश्विन २०७८

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आफूमाथि लागेको भ्र.ष्टा.चा.र आरोप पुष्टि गरेर जेल सजाय दिन आग्रह गरेका छन्।

एमाले जिल्ला कमिटीले शनिबार बनेपामा आयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले यसो भनेका हुन्।

संघीय सांसद बाँस्कोटाले आफूमाथि लागेको आरोपको छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारलाई चुनौती दिएका हुन्।

मप्रतिको आरोप पुष्टि गरेर जेलमा राख, म सजाय भोग्न तयार छुु, उनले एमाले कार्यकर्तालाई सम्बोधनका क्रममा भने।

बास्कोटामाथि सेक्युरिटी प्रिन्टिङ खरिदका लागि व्यापारी र विचौलियासँग कमिशन बार्गेनिङ गरेको आरोप लागेको थियो।

एकजना विचौलिया विजयप्रकाश मिश्रले बास्कोटाले कमिशन माग्दै गरेको अडियो सार्वजनिक गरेका थिए। यद्यपि उक्त सेक्युरिटी प्रिन्टर खरिद प्रक्रिया नै अघि बढेको थिए।


Last Updated on: September 5th, 2021 at 10:20 am
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया