बिहिबार ०७ आश्विन २०७८

ललितपुरस्थित नख्खु कारागारका नाइकेविरुद्ध अन्य कैदीबन्दीहरु नाराबाजी गरेका छन् । नाइकेले कारागारभित्रै रहेको होटलका सामानको मूल्य बढाएको भन्दै अन्य कैदीबन्दीले दोषीमाथि कारवाही र नाइकेको सरुवाको माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरुका बीचमा सामान्य झडप समेत भएको बताइएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले नाइकेविरुद्ध नारावाजी भएको र गृहको समवन्यमा विवाद समाधान भइरहेको जानकारी दिइन् ।


Last Updated on: September 5th, 2021 at 4:13 pm
८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया