सोमबार ०४ आश्विन २०७८

कर्णाली प्रदेशको डोल्पा जिल्लामा दुई समूहबीच भएको झडपमा एक महिला गम्भीर घाइते भएकी छिन् । छार्काताङसोङ गाउँपालिकामा–४ कागकोटमा गुम्बामा पूजा गर्ने विषयमा झडप भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

दुई समूहको झडपमा गाउँकार्यपालिका सदस्यसमेत रहेकी पेमाछुजुङ रोकाया लगायत ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

डिएसपी पाण्डेका अनुसार अन्य ३ जना सामान्य घाइते भएका छन् । पेमाछुजुङ रोकाया गम्भीर घाइते छिन् । गुम्बामा कसले पहिला पूजा गर्ने भन्ने विषयमा विवाद भएपछि त्यसले झडपको रुप लिएको हो । भागदौड गर्दा रोकाया लडेर घाइते भएकी हुन्।

घाइते रोकायाको टाउकोमा गम्भीर चोट लागेको छ । हेलिकप्टरबाट जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालले गम्भीर चोट लागेको भन्दै काठमाण्डौ रिफर गरेको छ ।


Last Updated on: September 5th, 2021 at 4:41 pm
१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया