सोमबार ११ आश्विन २०७८

अमेरिकामा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा २६ बर्षीय सुमन पोख्रेल रहेका छन् ।

विगत ४ बर्ष देखि क्यालिफोर्नियामा बस्दै आएका सुमनको शनिवार अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको अस्पतालमा भर्ना भएकै दिन निधन भएको हो । उनी गएको बर्ष नेपाल आएर विवाह गरी फर्किएका थिए ।

उनको दाह संस्कार गर्नको लागि दि ह्वाइट जोन क्यालिफोर्निया नामक गैर मुनाफा सामाजिक संस्थाले फण्ड  विमा खाता खोलेको छ ।


Last Updated on: September 6th, 2021 at 1:11 pm
१९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया