शुक्रबार ०८ आश्विन २०७८

सङ्खुवासभा जिल्लामा एकै परिवारका ६ जनाको ह,xत्या भएको छ । मादी नगरपालिका–१ खोला गाउँका एकै परिवारका ६ जनाको ह,xत्या भएको हो ।

स्थानीय तेजबहादुर कार्कीको घरमा अज्ञात समूहले एकै परिवारका ६ जनाको ह,xत्या गरेको जानकारी पाएको इलाका प्रहरी कार्यालय मादीका असई रोशन चौधरीले केटिएम दैनिकलाई जानकारी दिए ।

उनका अनुसार ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, पत्नी ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृ,त अवस्थामा भेटिएका हुन् । तेजबहादुरका बुबा ९३ वर्षीय वौद्दमान कार्की भने जिवित छन् ।

घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको असई चौधरीले बताए । उनका अनुसार घटनास्थल सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ६ घण्टा लाग्छ । ‘घटनास्थल यहाँबाट टाढा छ’, असई चौधरीले भने, ‘अहिले प्रहरी टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ ।’


Last Updated on: September 6th, 2021 at 1:25 pm
१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया