सोमबार ०४ आश्विन २०७८

वैदेशिक रोजगारीको सिलसिलामा संखुवासभा धर्मदेवी-८ का तीर्थराज कटवाल, सिन्धुपाल्चोक साँगाचोक गढी-७ का महेन्द्रमान तामाङ र सुरज तामाङको भेट दुबईको जुमेरा टावरको पाँचतार होटलमा हुन्छ। ‘यी नेपाली युवाले लामो समय विदेशमा सेफ र हस्पिटालिटी सिक्छन्।

करिब १७-१८ वर्ष पाँचतारे होटलमा सेफ र हस्पिटालिटीमा निपुणता हासिल गरेका उनीहरूलाई आफूले जानेको सीपलाई जन्मभूमिमै किन उपयोगमा नल्याउने भन्ने प्रश्नले घचघच्याइरहेको थियो।

एउटा यस्तो प्लेटफर्म बनाऊँ, जहाँ हाम्रो आफ्नो पहिचान पनि बनोस् र हामीले आफ्नो सीप नयाँ युवामा प्रसार गर्दै उनीहरूले वैदेशिक रोजगारीमा पनि योग्यताअनुसार काम पाउन्’ भन्ने सोच अनि सीपको उपजका रूपमा ०७५ सालमा काठमाडौं चाबहिलमा पहिलो सेफबर्गर नेपाल स्थापना गर्छन्’।

तीर्थराज कटवाल
फागुन ०७५ म सुरज तामाङ र महेन्द्रमान छुट्टिमा घर आएका हुन्छन्।’ त्यही बेला चाबहिलमा सेफ्स बर्गर हाउस स्थापना गर्छन्। बिदामा आएर खेलेको उक्त रेस्टुराँको योजना भने उनीहरूले विदेशमै बनाइसकेका थिए।

तीर्थराज भन्छन्, ‘सेफ्स बर्गर हाउस सेफहरूको समूहले मिलेर खोलेको रेस्टुराँ हो, जसमा विभिन्नथरिका कुइजिन पाइन्छ। झट्ट सुन्दा बर्गर मात्र पाइने हो कि भन्ने धेरैलाई लागे पनि हामीले विभिन्नथरिका कुइजिन मेनुमा राखेका छौँ।

हरेक सेफका आफ्नै कौशल

तीर्थराज ग्राहक केन्द्रित सेवा अर्थात् हस्पिटालिटीमा पोख्त छन्’। उनले ‘स्पा तथा वेलनेस’ मा दुबईमा एक वर्ष डिप्लोमा पनि गरे। काम गरिरहेको कम्पनीबाट उनले उक्त कोर्सका लागि मौका पाएका थिए।

महेन्द्रमान तामाङ
महेन्द्रमान भने एसएलसी उत्तीर्ण भएसँगै सेफ लाइनमा लागे।’ विदेश जानुअघि उनले नेपालमै पनि ठमेलमा सेफको रूपमा बाटो पहिल्याइसकेका थिए। त्यसपछि उनले इटालियन र फ्रेन्च कुइजिनमा दक्षता हासिल गरे’। १७-१८ वर्षको अवधिमा उनी थाई, भियतनामी, मेलसियन, सिगापुरियन र युरोपियन गरी अन्तर्राष्ट्रिय खानामा ‘अल राउन्डर’ बनेका छन्।

सुरज तामाङको विशेषज्ञता एसियन कुइजिनमा छ। इटालियनमा पिज्जामा पनि उत्तिकै दक्ष छन्।

सुरज तामाङ
सेफ्स बर्गरको मल्टी कुइजिन : स्वादिलो पनि, अर्गानिक पनि

झट्ट सुन्दा बर्गर मात्र पाइने फास्टफुड रेस्टुराँजस्तो लागे पनि मेनु हेरेर मल्टी कुइजिन ब्रान्ड छनोट गर्न पाउँदा ग्राहकले अलग्गै आनन्द अनुभूति गर्न सक्छन्।’ सेफ्स बर्गरमा थाई, कोरियन, कन्टिनेन्टल गरी मल्टी कुइजिन विभिन्नथरिका खानाको स्वाद लिन सकिन्छ।

‘हाम्रो विशेषतमा पार्टी भेनु आयोजना गर्ने, डाइनिङ, फास्ट कस्टोमर सर्भिस तथा टेकअवे सेवा छन्,’ कटवाल भन्छन्, ‘टेकअवेअन्तर्गत फुडमान्डु, पठाओ, ‘पिक मी’ गरी अन्य फुड डेलिभरी पार्टनर छन्।

पहिलो कोरोनाकालमा व्यापार ठप्प हुँदा स्टाफ पाल्नसमेत धौधौ परेको अनुभव महेन्द्रमानले बाँडे। पछिल्लोपटकको निषेधाज्ञामा टेकअवेले व्यापारलाई थोरै भए पनि राहत दिएको उनको भनाइ छ।’ अबका लागि रेस्टुराँ साविकझैँ खुले पनि टेकअवेलाई भने निरन्तरता दिने उनीहरूको योजना छ।

 


Last Updated on: September 6th, 2021 at 1:37 pm
११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया