सोमबार ११ आश्विन २०७८

गएरातिदेखिको अविरल वर्षाका काभ्रेको बनेपा बजार डुबानमा परेको छ । बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको हो । मुख्य बजार डुबानमा पर्दा त्यसबाटो भएर गुड्ने सवारी रोकिएका छन् ।

काठमाडौं हुँदै अरनिको राजमार्ग र बीपी राजमार्गमा चल्ने सवारी साधन समेत रोकिएका छन् ।

ठूलो वर्षा भएका बेला यसअघि पनि बनेपाको पुलबजार क्षेत्र डुबानमा पर्ने गरेको थियो।

 


Last Updated on: September 6th, 2021 at 2:33 pm
१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया