सोमबार ११ आश्विन २०७८

झापामा एक दुखद घटना भएको छ । त्यहाँको स्थानीय बिरिङ खोला किनारमा एक महिलाको श,व भेटिएको छ । उनका छोराको पनि श,व सोही खोला किनारमा भेटिएको छ । उनी मोरङ सुनबर्षीकी ३८ बर्षीया उमा विक भएको खुलेको छ । साथमा उनका अढाई बर्षीय छोरा शिशिरको श,व खोला किनारमा फेला परेको हो । उनीहरुको श.,व एक किलोमिटर दुरीको अन्तरमा भेटिएको झापा प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार आमाको आइतबार विहान १० बजे र छोराको श,व अपरान्ह १ बजे फेला परेको हो । कनकाई नगरपालिका वडानम्बर ८ मा रहेको उमाको माइतीघरमा उनीहरु बस्दै आएका थिए । उमाका श्रीमानको यसअघि नै मृ,xत्यु भइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी शनिवार राति बच्चासहित आफन्तलाई थाहै नदिई घरबाट निस्किएकी थिइन् ।

उनले देह त्याग गरेको हो या घटना कसरी भयो भन्ने जानकारी आएको छैन । प्रहरीले यसबारे अनुसन्धान भै रहेको जनाएको छ भने स्थानीयहरुले अनेक अड्कल गरेपनि तथ्य बाहिर आएको भने छैन ।

 


Last Updated on: September 6th, 2021 at 4:46 pm
२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया