शुक्रबार ०८ आश्विन २०७८

सत्तासाझेदार प्रमुख दल नेकपा माओवादी केन्द्रले यथाअवस्थामा कुनै हालतमा पनि एमसीसी पास गर्न नदिने स्पष्ट पारेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुुरुङले एमसीसी सैन्य रणनितीनै भएको ठोकुवा गर्दै नेपाललाई अफगानस्थान बनाउँने खेलमा माओवादी केन्द्रले कडा प्रतिवाद गर्ने खुलासा गरेका छन् । आर्थिक परियोजनाको आवरणमा सैन्य रणनिती ल्याउँन खोजिएको गुरुङको दावी छ ।

ओटीभी नेपाल डक कम सँगको विशेष कुराकानीका क्रममा प्रमुख सचेतक गुरुङले राँ बराबर पनि देशको माया हुने कसैले पनि एमसीसी बोकेर हिड्न नसक्ने बताए । विदेशी साम्राज्यवादीका दलालहरुले मात्रै एमसीसी बोकेर हिड्ने उनको आरोप छ ।

एमसीसी विरुद्ध निकै आक्रोसित रुपमा प्रस्तुत भएका गुरुङले एमसीसीको आवरणमा नेपाल छिरेर अमेरिकाले नेपालको सार्वभौमसत्ता माथी नै प्रहार गर्न खोजेको बताए । एमसीसीको कुनै पनि बुँदामा संसद बाट पास गर्नु पर्छ भनेर नलेखेको तर किन अहिले पास गर्न खोजिँदैछ भनेर उनले प्रश्न पनि गरे ।

गुरुङलेै एमसीसी संसद बाट पास गर्ने कुनै पनि प्रावधान संविधानमै नभएको पनि ठोकुवा गरेका छन् । जे जे कुराहरु संसदवाट पास गर्नु पर्छ भनेर संविधानमा व्यवस्था गरिएको छ , त्यो कुनै पनी कुरा यसमा मेल खाँदैन अनि कसरी सदनमा टेबल गर्न मिल्छ ? यो पास हुने त परेको कुरा संसदमा टेबुल पनी हुँदैन उनले भनेका छन् ।

अमेरिकाले नेपाली भूमी कब्जा गरेर सम्पुर्ण आफ्नो संरचना बनाउँने टा«समिसन लाइनको जुन रुट बनाउँन खोजको छ , त्यहि रुट बाट अप्टीकल फाइबर बनाएर स्याटालाइका माध्यमबाट चिन र भारतको अकाशको पनि सुचना संकलन गर्ने षड्यन्त्र अमेरिकाले गरेको उनले दावी गरे ।

ओटीभी नेपाल सँगकै कुराकानीमा गुरुङले अमेरिकाले भोली क्षेप्यात्र युद्धका लागी चिनको आकाश नेपाल बाटै निसाना बनाउँनको लागी संरचना बनाउँनको लागी एमसीसी मार्फत छिर्न खोजको ठोकुवा गरे । उनले एमसीसी पास गराउँनु भनेको नेपाललाई अफगानस्थान बनाउँनु भएको पनि जिकिर गरेका छन् । र्

प्रधानमन्त्रीले एमसीसी पास गर्न खोजिरहनु भएको छ एमसीसी पास हुने अवस्थामा तपाईहरु सरकार र गठबन्धन बाट बाहिरिनु हुन्छ त? भन्ने प्रश्नमा गुरुङले भने राष्ट्रिय स्वाधिनता सँग जोडिएको एमसीसी र सरकारको तुलना नै हुन नसक्ने बताए । सरकार भनेको त ६ महिना १ बर्षमा फेरिरहँन्छ गठबन्धन त झन अस्थायी कुरो हो अनी गठबन्धन र एमसीसीको कुरा जोड्न मिल्छ ?


Last Updated on: September 7th, 2021 at 12:12 pm
२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया