शुक्रबार ०८ आश्विन २०७८

करिब ४० वर्षसम्म कोमामा रही उपचार गरिरहेका फ्रान्सका पूर्व फुटबल खेलाडीको ७३ वर्षको उमेरमा निधन भएको छ । फ्रान्सका पूर्व प्रशिक्षक जिन पियरे आदम्सको मेडिकल त्रुटीका कारण मृ,xत्यु भएको उनका सहकर्मीहरुले सोमबार जानकारी दिएका छन् ।
सन् १९८२ मार्चमा दुर्घटनामा परेका उनलाई घुँडाको अपरेसनका लागि लायोन हस्पिटलमा भर्ना गरिएको थियो । पहिलो पटक घुँडाको अपरेसनको गर्नुअघि एनेस्थेटिकको पहिलो डोज दिइएको थियो । जसले उनको ब्रेनमा क्षती पुर्‍याइएको थियो ।
त्यसपछि उनी कोमामा पुगेका थिए । मेडिकल त्रुटीका कारण उनी कोमामा जानुपरेको आदम्स निकट व्यक्तिहरुले बताएका छन् । अस्पताल भर्नाको क्रममा उनी ३४ वर्षका थिए । ४० वर्षअघि कोमामा पुगेका आदम्सको स्याहार उनकी श्रीमतीले गर्दै आएकी थिइन् । आदम्सले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा गरी २२ क्याप जितेका छन् । उनी चर्चित खेलाडीको रुपमा चिनिन्थे ।

 


Last Updated on: September 7th, 2021 at 12:29 pm
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया