बिहिबार ०७ आश्विन २०७८

गृहमन्त्री बालकृष्ण खाँणले उदयपुरको बेलका नगरपालिका–८ को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । साता दिनअघि आएको बाढीले फुटाएको सप्तकोसी भँगालोको अवस्थाबारे स्थलगत निरीक्षण गर्न गृहमन्त्री खाँण शनिबार दिउँसो उदयपुर आएका हुन् ।

गृहमन्त्री खाँणले सुनसरी र उदयपुरको सीमा भएर बग्ने सप्तकोसीमा आएको बाढीले गत आइतबार बेलका नगरपालिका ८ लाहुरेखोलास्थित जमिन फुटाएर भँगालो उदयपुरतर्पm पसेको ठाउँको निरीक्षण गरेका छन् ।

वर्षाका कारण सप्तकोसीमा पानीको बहाब बढेपछि सो क्षेत्रमा कोसीले कटान गर्दा ठूलो मात्रामा जमिनको क्षति भएको थियो । निरीक्षणपछि उनले सप्तकोसीले कटान गरेको क्षेत्र, स्थानीयका समस्या, भइरहेका प्रयासका बारेमा बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिए ।

कोसी छिमेकी मुलुक भारतसँग जोडिने भएकाले दुईदेशीय सम्झौताअनुसार प्रक्रिया अघि बढाइने बताउँदै उनले भने, ‘पहिलोचरणमा क्षतिका बारेमा सम्झौताअनुसार अर्को मुलुकलाई जानकारी गराइने छ र प्रभावित क्षेत्रका जनतालाई बाढी र कटानबाट कसरी सुरक्षित गर्ने भन्ने बिषयमा छलफल गरिनेछ ।’

विशषेगरी उदयपुर, सुनसरी र सप्तरी जिल्लामा यसले ठूलो क्षति पु¥याउने देखिएकाले प्राविधिक दृष्टिकोणबाट दीगो समाधान गर्न छिमेकी मुलुकसँग कुटनीतिक रूपमा छलफल चलाइने उनले बताए । ‘यस बिषयमा सरकार गम्भीर छ प्रधानमन्त्री स्वयमले जनजीवन कसरी बचाउन सकिन्छ ? के गर्दा नोक्सानी कम हुन्छ र राष्ट्रिय सम्पत्ति कसरी जोगाउन सकिन्छ भन्ने उपायको खोजिगरिरहनु भएको छ ।’

अल्पकालिन र पूर्णकालीन कार्ययोजना बनाई कोसीको दीगो समाधान खोजिने बताउँदै मन्त्री खाँणले जनताको ज्युँधनको सुरक्षासँगै कोसीको दीगो समाधानका लागि पहल गर्ने आश्वसन दिए । प्रभावितको उचित व्यवस्थापन गर्न सुरक्षा प्रमुखलाई समेत निर्देशन दिएका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनपश्चात गृहमन्त्रीसहितको टोली उदयपुरको कोसी कटान क्षेत्रको अवलोकनका लागि आएको थियो । त्यसक्रममा उनले प्रभावित क्षेत्रको स्थलगत र हवाई अवलोकन गरेका थिए ।

 


Last Updated on: September 7th, 2021 at 3:00 pm
८० पटक हेरिएको

तपाईको प्रतिक्रिया