शुक्रबार ०८ आश्विन २०७८

नेपाली तथा लिम्बू भाषिक गित संगितको क्षेत्रमा लामो समय देखि संघर्षरत गायक तथा संगितकार सेमेहाङ सिङघक, फेरि पनि आफ्नो नया कोशेली लिम्बू भाषिक गित ” साम्याङफुङ” लिएर दर्शक सामु आएका छन।

चर्चित गायिका सुनिता थेगिम संगको डुएट गित रहेको यस गितको म्युजिक भिडियो तर्फ चर्चित मोडल रेखा फागो र मौसम ईम्बुङ(फुलेन्देको बाउ? ) को रोमान्चक अभिनय देख्न सकिन्छ। लिम्बू भाषामा ” साम्याङफुङ” भन्नाले सुनका गहना ” श्रीबन्दी” भन्ने बुझिन्छ।

लिम्बू समुदायमा श्रीबन्दी , महिलाहरुले लगाउने एउटा मौलिक गहना हो। जसलाई लिम्बू समुदायको मौलिक्ता संग पनि हेर्ने गरीन्छ।
टेकेन्द्र यक्सोको संगित संयोजन रहेको यस गितको शब्द, सगित भने सेमिहाङ आफैले गरेका छन।

सेमिहाङ क्रियसन युट्युव च्यानल मार्फत सार्वजनिक भएको यस गित ” साम्याङफुङ” ले अझ धेरै चर्चा चुमोस यहि छ हाम्रो शुभकामना।

भिडियो हेर्न लिङक क्लिक गर्नुस।


Last Updated on: September 7th, 2021 at 4:50 pm
३७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया