शुक्रबार ०८ आश्विन २०७८

जनस्थरमा धेरै नै वि,वा,दि,त बनेको अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बिरुद्ध युवाहरुले सामाजिक संञ्जाल मार्फत फोटो सार्बजनिक गर्दै आ,तं,क,का,री,को शैलीमा आन्दोलन गर्ने संकेत गरेका छन ।

उनीहरुले कालो टिसर्टमा सेतो रङ्गमा देशका योद्धा, नो एम.सी.सी लेखेका छन भने बुर्काले अनुहार छोपेका छन, ठाउँको कालै रङ्गको फेटाले बाधेका छन । फोटामा ६ जना रहेका छन, परिचय खुलाउन सकिने अवस्था छैन, त्यस मध्ये २ महिला छन रहेको र अन्य ५ जना पुरुष रहेको देख्न सकिन्छ ।

आ,तं,क,का,री,को शैलीमा फोटो सार्बजनिक गर्दै उनीहरुले एमसीसी बिरद्ध आफुहरु आ,तं,क,का,री शैलीमा पनि लड्न तयार भएको संन्देश दिन खोजेको बुझिन्छ ।

सामाजिक अभियान्ता बब्लु गुप्ता नेपालीले फोटो सहित केही जानकारी सहित सामाजिक संञ्जाल फेसबुकमा पोष्ट गरेका छन ।

आफुहरु एमसीसी खारेज अभियानमा जुटिसकेको र राष्ट्रियता संग सम्झौता गर्न नसकिने बताएका छन । कार्यक्रम अाज भद्र २३ गते समय २ बजे माइतिघरमा हुने जानकारी दिएका छन सहभागि हुन सबैलाई हार्दिक अनुरोध समेत गरेका छन ।

त्यसै क्रममा उनीहरुले एमसीसी खरेज अभियानका लागि भन्दै १० समिति सदस्यहरुको नाम पनि सार्बजनिक गरेका छन ।

१) बब्लु गुप्ता नेपाली
२) विमल पन्त
३) हेमराज थापा
४) साजन विश्वकर्मा
५) शोम शर्मा
६) नगेन्द्र देउजा
७) जेरी ताम्राकार
८) राजेन्द्र ताम्राकार
९) मुना श्रेष्ठ
१०) मिलन कुमार बोगटी

एमसीसीका उपाध्यक्ष फतिमा सुमार र सह उपध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउँने र राजनीतिक दलका शिर्ष नेताहरुसंग भेटर्वार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसको बिरोध गर्दै देशव्यापी आन्दोलन सुरु भएको छ । कतिपय ठाँउमा एमसीसीको बिरोध गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

 


Last Updated on: September 8th, 2021 at 9:32 am
१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया