शुक्रबार ०८ आश्विन २०७८

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या तीव्र भइरहेको भारतको केरला राज्यमा निपाह भाइरसको त्रास बढेको छ । केरलामा निपाह भाइरसका कारण १२ वर्षीय बालकको मृ,त्यु भएपछि उच्च सतर्कता अपनाइएको अल्जजीराले समाचार लेखेको छ ।

यसैगरी निपाह भाइरस अन्य दुई जनामा पनि पुष्टि भएको भारतीय अखबारहरूले लेखेका छन् । परीक्षण गरिएका आठ जनाको भने रिपोर्ट नेगेटिभ आएको बताइएको छ । भारतको केरलामा सन् २०१८ मा पहिलोपटक निपाह भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसबेला १७ जनाको ज्यान गएको थियो ।

निपाह भाइरस सन् १९९० को दशकमा मलेसियामा पत्ता लागेको थियो । त्यसबेला त्यहाँ महामारीका रूपमा फैलिएको थियो । यो भाइरस चमेराबाट फलफूलमा, सुँगुरमा र त्यसबाट मानिसमा सरेको बताइएको थियो ।

निपाह भाइरस तीन दशक पुरानो भएपनि हालसम्म यसको कुनै खोप विकास भइसकेको छैन । यो भाइरस संक्रमित भएपछि उच्च ज्वरो आउने, बेहोस हुने तथा बान्ता हुने लगायतका समस्या हुन्छ ।
यो भाइरसबाट संक्रमितको मृ,xत्युदर ४० देखि ७५ प्रतिशत रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


Last Updated on: September 8th, 2021 at 9:57 am
१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया