शुक्रबार ०८ आश्विन २०७८

इन्डोनेसियाको बान्टेन प्रदेशको एक जेलमा आगलागी हुँदा कम्तीमा पनि ४१ जनाको मृ,xत्यु भएको छ ।

आगलागीमा परी दर्जनौँ घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ । बुधबार बिहान एकबजेदेखि दुई बजेभित्रमा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेलको सी ब्लकमा आगलागी भएको थियो । जुन ब्लकमा लागूऔषधसँग जोडिएका १२२ कैदी राखिएको थियो । यद्यपि ब्लकको क्षमता भने ४० कैदीको थियो ।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन । प्रहरीले घटनाकाे बारेमा अध्ययन गरिरहेकाे छ ।

Last Updated on: September 8th, 2021 at 2:18 pm
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया