शुक्रबार ०८ आश्विन २०७८

रसियामा चार वर्षअघि बाबुको ह,xत्या अभियोगमा मुद्दा खेपिरहेका तीन दिदीबहिनीले सफाइ पाउन सक्ने कानूनविद्हरुले आशा गरेका छन्। ह,xत्या गरिएका पिता बाल यौन दुराचारी भएको प्रमाण भेटिएसँगै उनीहरुले सफाइ पाउने सम्भावना बढेको छ। ५७ वर्षीय मिखाइल खचतुरयानलाई सन् २०१८ मा उनका छोरीहरूले चक्कु प्रहार गरी ह,xत्या गरेका थिए। १९ बर्षीय क्रेष्टिना,१८ वर्षकी एन्जेलिना र १७ बर्षीय म्यारि खचतुरयानले आफ्ना निरंकुश बाबुको ह,xत्या गरेको स्वीकारेका थिए। बारम्बार यौ,न दु,र्व्य,व,हा,रको शिकार भएपछि उनीहरुले मिलेर बाबुको ह,xत्या गरेका थिए। अभियोगीमध्येकी कान्छी छोरी म्यारि उक्त ह,xत्या काण्डपछि मानसिक समस्याबाट पीडित छन्। आफूहरुले भोगेको पीडा र बाबुको हिंसा रोक्न त्यतिबेला उनीहरुका कोही आफन्त थिएनन्।अदालतले बाबुलाई बाल यौन दुराचारी पुष्टि गरेसँगै उनीहरुमाथि लागेको ह,xत्या अभियोग पनि खारेज हुनु पर्ने किशोरीका तर्फबाट वकालत गरेका वकिलहरूले माग गरेका छन्।मिखाइलले छोरीहरुलाई बनाएर बारम्बार यौ,न दु,व्य,र्व,हा,र गरेको र कर्तुतबारे कसैलाई भने ह,xत्या गरिदिने धम्की दिने गरेको अनुसन्धानले देखाएको छ। बाबुले छोरीहरूमाथि हिंसा गरेको अनुसन्धानले पुष्टि गरेको म्यारिका वकिलले बताए। तीनै जना युवतीहरू सन् २०१४ देखि दु,व्य,र्व,हा,र र पोस्ट ट्रउमेटिक स्ट्रेस डिसअर्डरबाट पीडित भएको अनुसन्धानपछि विज्ञहरुले बताएका छन्। दुराचारी बाबुले छोरीहरुलाई बारम्बार कुट्ने, गिज्याउने,धम्की दिने र शारीरिक तथा यौ,न दु,र्व्य,व,हा,र गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ। उनीहरुका बाबु बाल दुराचारी भएको पोस्टमार्टमको रिपोर्टमा पनि देखिएको थियो।


Last Updated on: September 9th, 2021 at 10:15 am
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया