सोमबार ०४ आश्विन २०७८

काठमाडौंको पुरानो बानेश्वरस्थित सेतो पुलमा बम भनि आशंका गरिएको वस्तु बम नभएको पुष्टि भएको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अस्पतालको तेस्रो तलाको एक शौचालयमा राखिएको शङ्कास्पद वस्तु बम नभएको जानकारी दिनुभएको हो ।

शौचालयमा बम भेटिएको हल्लापछि उक्त प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनास्थल पुगेको प्रहरीको विशेष टोली र नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा बम नभएको पाइएको प्रहरीले जनाएको हो ।

उक्त शंकास्पद वस्तु एउटा थोत्रो मोवाइलमा तार जोडेर टाइमरजस्तो देखाइएको फेला परेको प्रहरीले जनाएको हो ।

 

यो पनि पढ्नु हाेस

पोखरामा अनौठो रोग, जसको कारण आँखाको दृष्टि नै गुम्ने

गण्डकी प्रदेशमा यतिबेला सेतो पुतलीले आ’तङक म’च्चाइरहेको छ । प्रतेक १ बर्ष विराएर आउने यो पुतलि बाट लाग्ने रोग को नाम हो सापु । सेतो पुतलीको झुसको कारण मानिसको आंखाको जोतीनै गुम्ने गर्दछ।

पोखराको हीमालयन आंखा अस्पतालमा सापुका विरामी आइरहेका छन । एकै चोटी आंखा रातो हुदै जाने र केही घण्टामै आंखाको ज्योति गुमाउने भयानक रोगको बारेमा तल भिडियोमा समाचार राखेका छौ । पोखरामा सेतो पुतलीको आ’तंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका छन् ।

यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्रमान महर्जनले बताए ।

विशेषगरी साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै घा’तक हुने चिकित्सक बताउँछन् । यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेवित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ ।

उनका अनुसार यो सेतो पुतली उड्दै गर्दा मानव आँखामा ठोकिएमा वा यसका रौँ कुनै कारणवश आँखामा परेमा रोग लाग्न सक्छ ।

 


Last Updated on: September 9th, 2021 at 2:01 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया