सोमबार ११ आश्विन २०७८

पोखरा महानगरपालिका १ सिम्पानी डेरा गरी बस्ने ३४ वर्षीया फुल कुमारी गर्वुजाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय वीर बहादुर गर्बुजा लगायत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ५ सय ८५ रुपैयाँ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्तै, यूएस डाइभर्सिटी भिसा (ईडिभी) २०२० को भिसा प्रकृयाका लागि नक्कली शैक्षिक प्रमणपत्र पेश गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित अमेरिकन राजदूतावास र काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पाल्पा तानसेन नगरपालिका-३ घर भएका ३५ वर्षीय सुमित रत्न गुभाजु, ललितपुर महानगरपालिका-१४ सातदोबाटो बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-६ घर भएका ३५ वर्षीय अमर बहादुर कटुवाल, कास्की पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने नवलपरासी गैंडाकोट नगरपालिका-३ बल्डिया घर भएका ३० वर्षीय नरेश केसी, काठमाडौं महानगरपालिका-२९ रानीबारी बस्ने नवलपरासी देवचुली-१७ घर भएका ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रे बनेपा नगरपालिका-१० जनगाल घर भएका ३३ वर्षीय दिप विष्ट र काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने २३ वर्षीय सोहिली शाही रहेका छन् ।

नेपालस्थित अमेरिकन दुतावासमा इडिभी २०२० को नतिजामा नाम निकालेका तर भिसा प्रकृयाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली ट्रान्सक्रिप्ट बानाई पेश गरेको भन्ने सूचनाको आधारमा अमेरिकन दुतावाससँगको समन्वयमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई बिभिन्न शैक्षिक प्रमाणपत्र नक्कली ट्रान्सक्रिप्ट सहित प क्राउ गरेको हो ।

साथै शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै पक्राउ परेका व्यक्ति उपर मुलुकी अ परा ध संहिता, २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अ परा ध महाशाखाले जनाएको छ ।

 


Last Updated on: September 9th, 2021 at 2:49 pm
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया