शुक्रबार ०८ आश्विन २०७८

युक्रेन सरकारले क्रिप्टोकरेन्सीलाई कानुनी मान्याता दिने भएकाे छ । संसदबाट क्रिप्टोकरेन्सीलाई कानुनी मान्याता दिने सम्बन्धी कानुन पास भए पछि कानुनी मान्याता पाएकाे हाे ।

गत जुनमा ल्याटिन अमेरिकी मुलुक एल साल्भाडोरले बिट्क्वाइनलाई वैधानिक मुद्राको मान्यता दिएको थियो ।

सन् २०२० मा संसदमा पेस गरिएको थियो । र, बुधबारबाट त्यो विधेयक पास भएसँगै अब युक्रेनमा पनि क्रिप्टो ट्रेडिङ वैधानिक भएको छ । यसअघि सम्म युक्रेनमा क्रिप्टोकरेन्सीको कारोबार सम्बन्धी कुनै कानुन थिएन । ‘ग्रे’ जोनमै भए पनि यसको कारोबार भने भइरहेको बताइएको छ ।

बुधबार भएको क्रिप्टोकरेन्सी सम्बन्धी विधेयकमाथिको छलफलबाट युक्रेनमा सर्वसम्मतले पारित भएको हो । सन् २०२२ देखि मुलुकमा व्यावसायिक कार्यका लागि पनि बिट्क्वाइनबाट भुक्तानीको व्यवस्था मिलाउने युक्रेनको तयारी छ । विश्वका केही मुलुकहरू- जर्मनी, लक्जम्बर्ग, सिंगापुरलगायतका देशहरूमा क्रिप्टोकरेन्सी वैधानिक छ ।

 

यो पनि पढ्नु हाेस

मेक्सिकोको सर्वोच्च अदालतको ऐतिहासिक फैसला: गर्भपतन अपराध नभएको ठहर
समाचार

गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको मेक्सिकोको सर्वोच्च अदालतले फैसला गरेको छ।

उत्तरी राज्य खोवीलासँग सम्बन्धित उक्त फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्छ।

सर्वोच्च अदालतका न्यायाधीश लुइ मारीया याग्वीलाले उक्त कदमलाई “महिला अधिकारको लागि ऐतिहासिक कदम” का रूपमा व्याख्या गरे।

सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो।

गर्भपतन गर्न पाउने हदम्याद बढाएपछि चिकित्सकहरू असन्तुष्ट
‘प्रजनन अधिकारबाट वञ्चित गरेमा सजाय’
गर्भपतन गराएका कारण जेल पठाइएका महिलाहरूलाई तत्काल रिहा गरिने हुँदा फैसलाले मेक्सिकोमा नयाँ नजिर कायम गर्न सक्ने बताइएको छ।

बलात्कारका घटना वा आमाको जीवन खतरामा रहेको अवस्था बाहेक हाल त्यहाँ केही राज्यहरूमा मात्रै गर्भपतनलाई कानुनी मान्यता दिइएको छ।

गर्भपतनसम्बन्धी अधिकारको वकालत गर्दै आएको द इन्फरमेसन ग्रुप अन रिप्रडक्टिभ चोइसले अदालतको फैसलालाई ”ऐतिहासिक”को संज्ञा दिएको छ।

 


Last Updated on: September 9th, 2021 at 3:38 pm
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया