बिहिबार ३१ भाद्र २०७८

धनुषामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृ,xत्यु भएको छ। धनुषा विदेह नगरपालिका-६ एकराहीमा बिहीबार राति ११ः३० बजे मोटरसाइकलको ठक्करबाट ४० वर्षीया दलितिया देवी महराको मृ,xत्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार राति ज.७.प. ९८१२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महरालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति १ बजे मृ,xत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ठक्कर दिने मोटरसाइकल र चालक हँसपुर-८ का चन्दे साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

यो पनि पढ्नु हाेस

कर्णालीको स्याउ बजारमा आएपछि भारत र चीनको स्याउको बिक्री बन्द

स्वदेशी स्याउ बजारमा आएपछि भारत र चीनबाट आउने स्याउको बिक्री यहाँ बन्द भएको छ। कर्णाली प्रदेशका जुम्ला, कालिकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको

अर्गानिक स्याउ ठूलो मात्रामा स्थानीय बजारमा आएपछि भारत र चीनबाट आयात गरिने स्याउको बिक्री नहुँदा विस्थापित भएको हो । चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले कर्णालीको स्याउले जताततै बजार पाएको छ ।

कर्णालीका स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै कर्णालीकै स्याउ विक्री भइरहेको छ। भारत र चीनबाट भित्रिएका महँगो स्याउले बजार ओगटेको समयमै कर्णाली प्रदेशबाट ल्याइएको स्याउ कोहलपुर र नेपालगञ्जमा सस्तोमा पाउन थालेपछि अन्य स्याउको बिक्री बन्द भएको छ।

भारतीय स्याउ प्रति किलो १५० देखि २५० रुपियाँ र चीनको स्याउ प्रतिकिलो १६० रुपियाँभन्दा बढीमा बिक्री भइरहेको बेला कर्णालीको अर्गानिक स्याउ बाँकेमा प्रतिकिलो ९०देखि १२० रुपियाँसम्ममा पाइन थालेपछि अरू स्याउ को बिक्री बन्द भएको व्यवसायीले जनाएका छन् ।

कर्णालीको जुम्ला र कालिकोटबाट ठुलो परिमाणमा स्याउ नेपालगञ्ज ल्याएर बिक्री सुरु गरिएकोले अन्य स्थानबाट ल्याइएका स्याउ बिक्री हुन छाडेको स्थानीय व्यवसायी रमजान कबडियाले बताउनु भयो ।

उहाँका अनुसार अहिले जताततै कर्णाली कै स्याउ बिक्री भइ रहेको छ । भारतीय स्याउ महँगो र चीनको स्याउ त्यति स्वादिलो नभएकोले कर्णालीको स्याउको माग अत्यधिक छ ।

यसैगरी फलफूलका अर्का थोक विक्रेता शमसेर मियाँले अहिले बजारमा जताततै कर्णाली कै स्याउको माग उच्च रहेकोले अरू स्याउको बिक्री बन्द भएको जनाउनुभयो ।

उहाँले सीमा पारिबाट आउने भारतीयहरूले समेत कर्णालीको स्याउ किनेर लग्ने गरेको बताउनु भयो । बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा दैनिक करिब ३ देखि ५ टनसम्म कर्णालीको स्याउ विक्री भइरहेको छ ।

सो केन्द्रका अनुसार जुम्लाबाट व्यापारीहरूले कर्णालीका स्याउ कोहलपुर र नेपालगञ्ज पठाउने गरेको र त्यसको व्यापार कोहलपुर र नेपालगञ्जमा निकै फस्टाएको छ।यस क्षेत्रमा

कर्णालीको स्याउको माग बढ्दै गएपछि कोहलपुरस्थित भेरी शीतभण्डार सहकारी संस्था मा ठुलो परिमाणमा स्याउ भण्डार भइरहेको र आउने क्रम अझै जारी रहेको भेरी शीतभण्डारले जनाएको छ । जुम्लाको स्याउ बजारमा आएपछि अरू सबै स्याउ हराएको स्थानीयले जनाएका छन् ।


Last Updated on: September 10th, 2021 at 12:54 pm
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया