बिहिबार ०७ आश्विन २०७८

मोरङ जिल्ला अदालतभित्रै एक जनाको मृ,xत्यु भएको छ । न्यायाधीश चढ्ने गाडी अंगरक्षकले सिक्न खोज्दा अदालत परिसरमै क्यान्टिन चलाइरहेकी एम महिलाको मृ,xत्यु भएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश चढ्ने गाडीले ठक्कर दिँदा एक महिलाको मंगलबार साँझ मृ,xत्यु भएको प्रहरीले जनाएको छ। न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको मृ,xत्यु भएको हो।

पराजुलीका अंगरक्षक विन्दकुमार सिंहले कार सिक्न खोज्दा अदालत परिसरमै ठक्कर दिएर दाहाल घाइते भएकी थिइन्। धनकुटा महालक्ष्मी नगरपालिका १ घर भएकी दाहालको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार अपराह्न सवा पाँच बजे अंगरक्षक हवल्दार सिंहले चालक श्रवण चौधरीसँग गाडीको चाबी मागेर पार्किङबाट निकालेका थिए।

अंगरक्षकको सिटमा भने चौधरी बसेका थिए। गाडी पार्किङबाट निकालेर उनले गाडी अगाडि बढाए। तर, एक्सिलेटरको ब्यालेन्स मिलाउन नसक्दा गाडी हुत्तिएर अगाडि क्यान्टिनमा काम गरिरहेकी दाहाललाई ठक्कर दिन पुगेको थियो।

मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार सिंह र चौधरी दुबैलाई पक्राउ गरिएको छ। ‘दुबैलाई सवारी मुद्दामा थुनामा राखेर अनुसन्धान सुरू गरिएको छ,’ जिसीले भने।

सिंहसँग लाइसेन्स छैन। लाइसेन्स बेगरै सवारी चलाएर दुर्घटनामा परी कुनै व्यक्तिको मृ,xत्यु भए, सवारी चालक र सवारी धनीमाथि सवारी ज्यान मुद्दामा कारबाही हुने कानुनी व्यवस्था छ।

उक्त कसुर पुष्टि भए सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा हेरेर तीनदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँ जरिवाना हुन सक्छ।

 


Last Updated on: September 10th, 2021 at 7:13 pm
८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया