बिहिबार ३१ भाद्र २०७८

उच्च शिक्षाको लागी संयुक्त राज्य अमेरिका पुगेका २९ वर्षिय विशाल कुमार गौतमलाई बोनम्यारो क्यान्सर भएको छ । उनि इन्जिनियरिङका विद्यार्थी हुन् । काठमाडौंस्थित टोखा-७ निवासी विशाललाई करिव २ महिना अस्पतालमा उपचारपछि Primary Myelofibrosis भनिने दुर्लभ बोनम्यारो क्यान्सर भएको पत्ता लागेको छ । जसको उपचारका लागी साढे ७ लाख अमेरिकी डलर लाग्ने अस्पतालले जनाएको छ ।\

यो पनि पढ्नुस

काठमाण्डौ – पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपालको पुरुष टोली १ सय ५१ विजयी भएको छ ।

नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ बलमा अल आउट हुँदै ८२ रन मात्र बनाउन सक्यो । पीएनजीका लागि टोनी उराले १९ र चार्ल्स अमिनीले १६ रन बनाए ।

बलिङतर्फ नेपाली लेग स्पिनर सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट प्रदर्शन गरे । ५ ओभर १ बल बलिङ गरेका सन्दीपले मात्र ११ रन दिएर ६ विकेट लिए । त्यस्तै सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १/१ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै दुई सय ३३ रन बनाएकाे हाे ।

नेपालका लागि राेहित पाैडेलले अर्धशतकीय पारी खेले । एक सय २३ बल खेलेका राेहितले ८६ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले २६ बलमा ४२ रनकाे याेगदान गरे ।

बलिङतर्फ पीएनजीका चाद साेपरले तीन विकेट लिए । त्यस्तै नाेरमन भानुआ र कबुआ माेरेले दुई/दुई विकेट लिए ।

यसअघि पहिलाे मैत्रीपूर्ण खेलमा नेपाल दुई विकेटले विजयी भएकाे थियाे ।

प्रतिक्रिया

 

 


Last Updated on: September 11th, 2021 at 12:21 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया