बिहिबार ३१ भाद्र २०७८

पछिल्लो २४ घण्टामा देशभर ९९४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ७७७ पीसीआर परीक्षणबाट र २१४ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ६ हजार १३७ नमुनाको पीसीआर परीक्षण र ३ हजार ७०३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ९ हजार ८४० गरिएको छ ।

१३६८ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २७ हजार ३५५ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ७६ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८६ हजार ६२१ पुगेको छ ।

हालसम्म ७ लाख ३८ हजार ३४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९३६ पुगेको छ ।

 


Last Updated on: September 11th, 2021 at 4:38 pm
४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया