शुक्रबार ०८ आश्विन २०७८

जापानमा नेपाली समुदायमा को’रोना संक्रमण व्यापक भएपछि चिन्ता छाएको छ । यतिबेला धेरै नेपालीहरू रहदैं आएका जापानको टोकियो, नागोया, ओसाका र फुकुओका लगाएतका शहरहरुमा नेपालीहरु अत्याधिक संक्रमित भएको पाइएको छ ।

यसै विच जापानको नागोयामा पारिवारिक भिषामा रहदैं आएकी वाग्लुङ्ग गलकोटकी बेलु पुन मगरको नि’धन भएको पारिवारिक श्रोतले बताएको छ । उनी २ हप्ता अघि कोरोना संक्रमण भई को’राना मुक्त भएकी र पछि स्वास्थ्यमा स’मस्या आएपछि अस्पताल पुग्नासाथ नि’धन भएको बताइएको छ ।

उनका श्रीमान दक्ष कामदार भिषा (कुक) मा जापानमा बसोबास गर्दै आएका छन् भने उनका ३ जना छोरा-छोरी रहको बताइएको छ । उनको नि’धन हृ’दयघा’तले हुन सक्ने समेत पारिवारिक स्रोतले बताएका छन्। उनीसंगै काम गर्ने धेरै नेपालीलाई समेत को’रोना संक्रमण भएको बताइएको छ ।

अर्कै कम्पनीमा काम गर्ने चितवन घर भएकी यशोधा घिमिरेका अनुसार उनी काम गर्ने ठाँउमा ५० औं जना कामदार रहेकोमा को’रोना संक्रमणका कारण अधिकांश संक्रमित भएपछि अहिले काम गर्नेको संख्या १०–१२ जनामा सिमित भएको छ ।नेपाली समुदायमा को’रोना संक्रमण व्यापक रुपमा फैलिएको अवस्थामा नेपालीहरुद्धारा सञ्चालित रेष्टुरेन्टमा कार्यरत कर्मचारीहरुवीच संक्रमण बढ्दै जाँदा रेष्टुरेन्टहरु समेत धमाधम बन्द भई रहेका छन्।

हालै मात्र को’रोना संक्रमण मुक्त भएका रेष्टुरेन्ट व्ययसायी एवं एनआरएनए नागोयाका क्षेत्रिय उप–संयोजक कुशल पौडेलले सचेत हुनु नै यसबाट जोगिने एकमात्र उपाय भएको बताए । को’रोना संक्रमणपछि मानिस शारीरिक रुपमा निकै कमजोर हुने उनको अनुभव छ ।

हाल जापानमा को’रोना संक्रमण भई चि’न्ताजनक अवस्थामा अस्पतालमा उपचार गराई रहेका दर्जनौं नेपालीहरु रहेका छन् ।त्यसै मध्येका एक अनेसाज जापान च्याप्टरका पूर्वअध्यक्ष एवं एनआरएनए, जापानका पूर्व सचिव विष्णुप्रसाद घिमिरे पनि हुन्। गत अगष्ट२१ तारिक कोरोना संक्रमण देखिएका उनी २४ तारिक एम्बुलेन्स लिएर अस्पताल जाँदा समेत सामन्य स्ला’इन लगाएर पठाएको थियो ।

अक्सिजन लेवल घटेर असहज भएपछि २८ तारिक फेरि एम्बुलेन्स बोलाएर हस्पिटल गई भर्ना भएर उनी अझै उपचारको क्रममा छन्। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अबको एक हप्तामा आफु डिस्चार्ज हुन सक्ने घिमिरेले बताए ।“को’रोना जो’गिदा जो’गिदै पनि लाग्न सक्छ त्यो भनेर हेलचक्राइ नगरौं ।

स–साना गल्तिले मुल्यवान जीवननै टुंगिन सक्छ । को’रोना भइसकेको हो वा खोप लगाइसकेको छु भनेंर ढुक्क नबनौं । विभिन्न भेरियन्ट र विकशित मुलुकहरुले बुष्ट डोज समेत त्यसै सुरु गरेका होइनन” – घिमिरेको भनाई छ। “उमेर, कमजोरी, दी’र्घ रो’गीहरुले कपडाको माक्स होइन, सर्जिकल माक्स प्रयोग गरौं ।

चाडवाडहरु ल’स्करै आएका छन, सुरक्षाको मापदण्ड पुरा गरेर सुरक्षित रहि चाडवाड मनाउँ।” भावुक हुँदै घिमिरेले भने– “बाँचिएछ भने चाडपर्व अर्को वर्ष मनाउन पाईन्छ नै, त्यसैले आफु पनि बाचौं र अरुलाई पनि बचाऔं ।”


Last Updated on: September 11th, 2021 at 7:22 pm
२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया