सोमबार ११ आश्विन २०७८

यस पटक ‘इन्डियन आइडल–१२’ का विजेता पवनदीप राजन भएका छन। गायिका अरुणिता कान्जीलाल पहिलो रनर–अप भएकी छिन । इन्डियन आइडलको विजेता भएपछि यी दुई गायकका लागि अवसरका ढोकाहरु खुलेका छन्। उनीहरु थुप्रै सांगीतिक कार्यक्रममा सहभागी भइसकेका छन्।

यही क्रममा हालै पवनदीप र अरुणिताले बलिउड अभिनेता हृतिक रोशनका बुबा राकेश रोशन र आमा पिंकी रोशनलाई पनि भेट्ने मौका पाएका छन्। ‘राकेश र पिंकी रोशन हामीलाई देखेर भावुक हुनु भयो र हामी दुबैलाई अँगालो हाल्नु भयो,’ राकेश र पिंकीसँगको भेटबारे कुरागर्दै पवनदीप राजनले भने, ‘हामीले केही गीत पनि गायौं र उहाँहरुले हाम्रो उपस्थिति मन पराउनु भयो।’

टाइम्स अफ इन्डियाका अनुसार सो भेटमा हृतिककी आमा पिंकीले पवनदीपलाई सुनको रुद्राक्ष सिक्री र भगवान लक्ष्मीको चित्र भएको सुनको पैसा उपहार दिएकी थिइन्। ‘पिंकीजीलाई त्यो सुनको रुद्राक्ष सिक्री उहाँको बुबाले दिनुभएको रहेछ,’ पवनदीपले भने, ‘म आफैं एउटा रुद्राक्ष माला किन्न खोजिरहेको थिएँ र पिंकी जीले मलाई त्यही उपहार दिनु भयो।’

राकेश र पिंकी रोशन इन्डियन आइडलका विजेता पवनदीप र अरुनिताको ठूलो प्रशंसक थिए र उनीहरुलाई भेट्न चाहिरहेका थिए। भेटमा पवनदीप र अरुणिताले रोशन दम्पतिसँग तीन घण्टा बिताए। सो भेटमा पवनदीप र अरुणिताले हृतिक रोशनसँग भने लामो समय भेट्न पाएनन्।

‘हृतिकसँग हामीले एकैछिन मात्र भेट्न पायौं,’ पवनदीप भन्छन्, ‘उनले अरुणिता र मलाई शुभकामना दिए र जीवनमा मेहनत गरेर अझै अगाडि बढ्न सुझाव दिए।’

टाइम्स अफ इन्डियाका अनुसार अहिले पवनदिप र अरुणिता राज सुरानीको निर्देशनमा नयाँ गायन सिरिजको तयारी गर्दै छन्। उनीहरु विभिन्न समारोहमा सहभागी भई भिडियोमा पनि देखिने भएकोले गायनसँगै नृत्य गर्न सिकिरहेका छन्।


Last Updated on: September 12th, 2021 at 10:43 am
१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया