शुक्रबार ०८ आश्विन २०७८

झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृ,त फेला परेका छन् । आज बिहान ४:३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झु,xण्डि,xए,xको अवस्थामा मृ,त फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

वृद्धलाई घरको निदाल कपडाको डोरी बनाएर झु,xण्डि,xए,xको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गत शुक्रबार उनलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमणपछि उनी होम आइसोलेशनमा उपचार गरिरहेको शिवसताक्षी कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए ।

 

यो पनि पढ्नु हाेस

संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक

संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जना सदस्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स हत्या गरेको आरोपमा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । उनलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् ।

Ads By Admana

मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

प्रहरीका अनुसार तेजबहादुरले लोकेले मार्यो, गुहार भन्दै कराएपछि श्रीमती कमला र बुहारी रञ्जना घटनास्थलतर्फ गएका थिए । कमला र रञ्जनालाई देखेपछि लोकबहादुरले घटनाको पोल खुल्ने डरले पहिले कमलामाथि दाउरा प्रहार गरेका थिए । लगतै उनले बुहरी रञ्जनामाथि पनि प्रहार गरे ।

तीन जनामाथि आक्रमण गरेको दुई बालबालिकाले पनि देखेपछि उनीहरूलाई लखेट्दै हत्या गरेको प्रहरीले बताएको छ । गुहारको मागेको सुनेको र देखेको हुनसक्ने डरले लोकबहादुरले घरमा गाईवस्तुलाई कुँडो पकाइरहेकी पार्वतीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ । प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा लोकबहादुरले एक जनाको मात्रै हत्या गर्ने योजना भएपनि घटनाको पोल खुल्ने डरले सबैको हत्या गरेको बताएका छन् ।


Last Updated on: September 12th, 2021 at 12:32 pm
३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया