शुक्रबार ०८ आश्विन २०७८

आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७ सयले घटेर ९० हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि छापावाला सुन तोलाको ९१ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैँयाले घटेर प्रतितोला १२२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यो पनि पढ्नु हाेस

जनतालाई मान्य नहुने एमसीसी लागू गर्नु हुदैन : राजेश हमाल

पछिल्लो समय नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई स्वीकार गर्ने/नगर्ने विषयमा सडकदेखि सदनसम्म चर्को बहस चलिरहको छ । यसैबीच हमानायक राजेश हमालले पनि एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

महानायक हमालले सोसल मिडिया फेसबुकमार्फत् एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । सडकदेखि सदनसम्म नै एमसीसीको चर्को वि रोध भइरहेको समयमा महानायक हमालले पनि एमसीसी लागू गर्न नहुने बताएका छन् ।

फेसबुकमा भिडियो पोष्ट गर्दै हमालले नेपाली जनता नै एमसीसीको विरु द्धमा भएकाले यसलाई लागू गर्न नहुने बताएका हुन् । उनले अमेरिकाको बि ग्रँदो छविका कारण नेपाली जनता एमसीसीको वि रु द्धमा भएको र जनतालाई मान्य नहुने एमसीसी लागू गर्न नहुने बताएका छन् ।

सार्वजनिक भिडियोमा हमालले भनेका छन्, ‘अहिले जल्दोबल्दो विषय मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत अमेरिकाको सहयोग नेपाल भित्रिँदै छ । त्यसलाई लिएर नेपाली नागरिकहरु सं वेदनशी लता प्रकट गर्ने मात्रै नभएर आक्रोशको आवाज, विद्रोहको आवाज प्र कट गरेर वि द्रो हमा उत्रिनु भएको छ । यसप्रति राज्य संवे दनशी ल हुनु जरुरी छ ।’

उनले थप भनेका छन्, ‘नागरिकको भावनामा ठे स पु¥याएर, चित्त नबुझाई यसलाई लागू गरेमा त्यसले दूर गामी अ सर पनि पर्छ ।’ त्यस्तै नेपाली जनता नै एमसीसीवि रु द्ध भएकाले यो विषयमा अमेरिकी निकायसँगै सम्बन्धित अन्य निकायले ध्यान दिनुपर्ने र संवेदनशील बन्नुपर्ने उनको भनाइ छ ।


Last Updated on: September 12th, 2021 at 1:21 pm
१८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया