शुक्रबार ०८ आश्विन २०७८

नयाँ दिल्ली, २७ भदौ । चालकको लापरबाहीका कारण गत वर्ष अगस्टमा भारतको एयर इन्डिया एक्सप्रेसको विमान दु,र्घ,ट,ना भएको खुलासा भएको छ । विमान दु,र्घ,ट,ना,बारे गठित अध्ययन समितिको अध्ययन प्रतिवेदनले सो खुलासा गरेको हो ।

एक सय ९० यात्रु सवार सो विमान दक्षिणी केरलाको कालिकट विमानस्थलमा दुर्घटना भएको थियो । दु,र्घ,ट,न,मा दुई पाइलटसहित २१ यात्रुको मृ,x त्यु भएको थियो । दु,र्घ,ट,ना,मा ७५ जना यात्रु गम्भिर घाइते भएका थिए ।

कोरोना संक्रमित भारतीय नागरिकलाइ बोकेर दुबईबाट भारत उडेको बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएर दुई टुक्रा भएको थियो । सो विमान दोस्रो पटक अवतरण गर्ने क्रममा दु,र्घ,ट,ना,मा परेको थियो । दु,र्घ,ट,ना,को दिन विमानस्थलमा भीषण बर्षा भएको थियो ।

 

यो पनि पढ्नु हाेस

के साच्चैँ नै आँखा ‘फरफराउनु’ शुभ र अशुभ हुन्छ ? जान्नुहोस् यस्तो छ कारण-

आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ।

कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ । महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ।

तर, यो पूर्णत वैज्ञानिक कारणसंग जोडिएको कुरा हो । यसमा आँखाको परेला फरफराउँछ। यो फरफराई केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहन्छ । कसै कसैमा हप्तौंसम्म पनि जारी रहेको पाइन्छ।

अधिकांशमा तल्लो परेला फरफराउने गरेपनि कसै कसैमा भने माथिल्लो आँखा पनि फरफराउने गर्छ । यसको वास्तविक कारण थाहा नभएपनि सुख्खा आँखा, प्रकाश सवेदनशिल आँखा, तनाव, थकान, क्याफिनको प्रयोग, अल्कोहल, पोषक तत्वको कमी तथा एलर्जी आदिका कारणले आँखा फरफराउँछ । यो कुनै गम्भीर समस्या होइन।

तनावका कारण : जब हामी कुनै तनावमा हुन्छौं, हाम्रो शरीरले विभिन्न तरिकाले प्रतिक्रिया जनाउँछ। आँखा फरफराउनु पनि तनावको एउटा भाग हुन सक्छ । तनावलाई कम गर्नु नै आँखा फरफराउन रोक्ने उपाय हो।

थकान: तनाव तथा अन्य कारणबाट उत्पन्न अनिद्राले आँखाको परेलामा ऐंठन पर्छ।

आँखा दुखाई : दृष्टिसंग सम्बन्धित तनावले पनि आँखाको परेला फरफराउँछ । खासगरी, आँखालाई बढी तनाव हुने गरी काम गर्दा यस्तो हुन सक्छ।

क्याफिन र अल्कोहल: विज्ञहरुका अनुसार क्याफिनको प्रयोग (चिया, कफी) बढीमात्रा गरिएमा र अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या देखिन्छ।

सुख्खा आँखा : बुढ्यौली लाग्दै जाँदा अधिकांश मानिसले आँखा सुख्खा हुने समस्या भोग्छन् । कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने र क्याफिन तथा अल्कोहल प्रयोग गर्नेहरुमा सुख्खा आँखाको समस्या हुन्छ । यस्ता व्यक्तिका आँखा बढी फरफराउँछ।

पोषकतत्वको असन्तुलन: म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फरफराउँछ । यद्यपि यो कुरा अहिलेसम्म वैज्ञानिक रुपमा पुष्टि हुन सकेको छैन।

एलर्जी : आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसको आँखा फरफराउँछ।


Last Updated on: September 12th, 2021 at 2:04 pm
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया