सोमबार ०४ आश्विन २०७८

गुल्मीमा शनिवार बिहान ११ बजे हजुरआमासँगै पञ्चमी पूजामा गई हराएकी तीन वर्षकी बालिका मृ,त फेला परेकी छिन् ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ बाँझकटेरीकी ३ बर्षकी आयुषा पोखरेल घरदेखि करिब ५०० मिटर नजिकैको झाडीमा मृ,त अवस्थामा आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले प्रहरी निरीक्षकसहितको टोली पुगेको र घटनाको अवस्था हेर्दा जङ्गली जनावरले चिथोरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो पनि पढ्नु हाेस

सबैको चाहना हुन्छ घर सुख, शान्ति, सुन्दर र सफा होस्। जसका लागि मानिसले घर बनाउँदा धार्मिक, वास्तुलगायतका अन्य निमयको पालना गरेर घर बनाउछन्।

यसका लागी घरमा औषधीयुक्त गुणले भरिपूर्ण विरुवा रोप्नु पर्दछ। जसले गर्दा सामान्य विरामी हुदाँ प्रयोगमा आउनुका साथै घरपरिवारमा सकारात्मक माहौल बन्न सक्छ।

जो कोहीको चाहना हुन्छ आफूनो साथमा अपार धन दौतल होओस् भन्ने। यसका लागि धेरैले कडा मेहनत पनि गरिरहेका हुन्छन्, तर मेहनत गरेजति फल प्राप्त हुँदैन्।

त्यसैले मानिस वास्तु र ज्योतिष उपाय अप्नाउने गर्दछन्। धन वृद्धिका लागि कयौँ व्यक्तिले घरमा विभिन्न विरुवा पनि रोप्ने गर्दछन्। आज हामी तपाईलाई सकारात्मक उर्जा दिनुका साथसाथ चुम्बक जसरी पैसा तान्ने क्षमतायुक्त केही विरुवाका बारेमा चर्चा गर्दैछौँ ।

जानौँ कुन कुन हुन् ती विरुवा ?

क्रासुला
क्रासुलालाई मनी ट्री पनि भन्ने गरिन्छ। फेंगशुईमा यसको विशेष महत्व हुने गर्दछ। यस विरुवाले चुम्बक जसरी पैसालाई नजिक तान्ने गर्दछ। यो सानो विरुवा गाडा हरियो रंगको हुने गर्दछ। यसको पात चौडा हुने गर्दछ। यो विरुवा चारैतिर फैलने खाले हुन्छ।

यो विरुवालाई लगाउन धेरै मेहनत गर्नु पर्दैन । यो विरुवा ल्याएर कुनै गमला वा जमिनमा लगाइदिएपछि यो आफै फैलिदै जाने गर्दछ। यो घाम वा जाडो जुन मौसमा पनि लगाउन सकिन्छ।

यो विरुवाले सकारात्मक उर्जा र धनलाई आफ्नो तर्फ केन्द्रित गर्ने शास्त्रमा उल्लेख छ। यसलाई घरको मुख्य द्वारको दाँयातर्फ लगाउनु पर्दछ। यसले घरमा धनको वर्षा ल्याउने गर्दछ।

मनि प्लान्ट
अधिकाशं मानिसले नजानेरै मनिप्लान्ट रोपेका हुन्छन् । तर मनिप्लान्टले घरको वातावरणमा सकारात्मक उर्जा बढाउनुका साथै खुसी र सम्पन्नता भर्ने विश्वास गरिन्छ।

घरमा यो बिरुवा रोपेमा यसले नकारात्मकता समेत निकाल्ने विश्वास गरिन्छ। साथसाथै यसले घरमा लक्ष्मीलाई आकर्षक गर्न सहयोग गर्ने पनि शास्त्रमा उल्लेख छ।


Last Updated on: September 12th, 2021 at 3:28 pm
८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया