सोमबार ०४ आश्विन २०७८

सरकारले विद्यार्थीहरुलाई लक्षित गरेर ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याएको छ ।शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिने उल्लेख छ । शुरुवातमा यो कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित हुनेछ ।गुणस्तरीय शिक्षा, प्रावधिक शिक्षा, पूर्वाधार शिक्षा, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवं विद्यार्थी संख्या समेतका आधारमा बालशिक्षादेखि माध्यमिक शिक्षासम्मको नक्सांकन तयार गरी कार्यान्वयन गरिने बजेट अध्यादेशमा उल्लेख छ ।भौतिक पूर्वाधार, जनशक्ति र प्रविधिको विकास गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विस्तृत योजना बनाई कार्यानवयन गर्ने भनिएको छ ।

 

यो पनि पढ्नु हाेस

हाम्रो खानामा आलु सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । त्यसैले आलुलाई तरकारीको राजा पनि भनिन्छ । तर, हामीमध्ये धेरैले आलुको प्रयोग गर्दा बोक्रा भने फा’ल्नेे गर्छौ । विज्ञहरु भने आलुमा भन्दा बोक्रामा बढी तागत पाइने बताउँछन् ।

फाइबर तथा अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकोले आलुको बोक्रा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा झण्डै ९० प्रतिशत पौष्टिक त’त्व रहेको हुन्छ । त्यसैले आलुलाई ताछेर खानु भनेको त्यो पौष्टिक तत्व नष्ट गर्नु हो ।

आलुको बोक्राले स्वास्थ्यमा पुर्‍याउने फाइदा यस्ता छन्ः रो’ग प्रतिरोधात्मक क्षमता बढाउँछः आलुको बोक्रामा भिटामिन सी पाइन्छ । जसले हाम्रो शरीरमा रो’ग प्रतिरोधात्मक क्ष’मता बढाउँछ । तौल कम गर्छः हामीमध्ये कतिपय आलुुले तौल बढाउँछ भनेर सकेसम्म कम खान छोड्छौं । तर, यसको ठीक विपरीत आलुको बोक्रामा फ्याट कम हुन्छ । जसले हाम्रो शरीरको तौल घटा’उन मद्दत गर्छ ।

क्यान्सरको जोखिम कम गर्छः आलुको बोक्रामा फाइटोकेमिकल्स धेरै हुन्छ । यसले हामीलाई क्या’न्सर रोगको जो-खिमबाट बचाउँछ । मुटु रोगमा फाइदा दिन्छः सामान्यतया शरीरमा कोलस्ट्रोलको मात्रा बढ्दा हृदयाघात र मुटु सम्बन्धी रोगले सताउने गर्छ । तर, आलुको बोक्रामा पाइने फाइबर तथा विभिन्न पौष्टिक तत्वले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ । जसले गर्दा मुटु रोगको जो’खिम घटाउँछ ।

त्यसैले आलुको बोक्रालाई कार्डियोप्रोटेक्टिभ अर्थात् मुटुको सुरक्षा गर्ने तत्व समेत भनिन्छ । आलुको बोक्रामा एन्टी अक्सिडेन्ट तथा एन्टी इन्फेमेन्टरी तत्व पाइने भएकोले अनुहारमा जलन भएको खण्डमा यसलाई लगाएमा पीडा कम गर्न मद्द’त गर्छ ।

आलुको बोक्रामा क्याल्शियम, भिटामिन सी र बी कम्प्लेक्सका साथै आइरनको मात्रा पनि अत्यधिक हुन्छ । यसैकारण यसले शरीरमा विभिन्न कमीको पूर्ती गर्छ । यो सौन्दर्य निखार्नका लागि पनि निकै काम लाग्छ । डार्क सर्कलदेखि कपाललाई कलर गर्ने सम्मका कामका लागि आलुको बोक्राको प्रयोग हुन्छ । अब आलुको बोक्रालाई फ्याँक्न बन्द गर्नुहोस् र यसरी उ’पयोग गर्नुहोस् ।

१. रक्तचाप नियन्त्रणमा राख्छः आलुमा पोटाशियम अत्यधिक मात्रामा पाइन्छ र यो भिटामिन सीले पनि भरिपूर्ण हुन्छ । यी दुबै रक्तचाप नियन्त्रण गर्न महत्वपूर्ण हुन्छ । आलुको बोक्रालाई राम्रोसँग धोएर यसलाई सब्जीजस्तै बनाएर खानुहोस् वा आलु पकाउँदा कहिल्यै पनि बोक्रा ताछ्ने ग’ल्ती नगर्नुहोस् ।

२. तौल नियन्त्रणमा रहन्छः आलुको बोक्रा फाइबरयुक्त हुन्छ र जब यो बोक्रासहित बनाइन्छ तब शरीरले कार्बोहाइड्रेटमात्र नभई फाइबर पनि पाउँछ । यसको बोक्रालाई तपाईं कुनै पनि रुपमा प्रयोग गर्न सक्नुहुन्छ । फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र यसले मेटाबोलिजम रेटलाई पनि बढाउन सहयोगी भूमिका खेल्छ । यो खाँदा नसा पनि बलियो हुन्छ ।

३.रक्तअल्पत्तामा पनि फाइदाजनकः आलुको बोक्रामा आइरनको अत्यधिक मात्रा पाइन्छ र यसैकारण यदि रगतको कमी छ भने आलुको बोक्रालाई खानामा पक्कै पनि प्र’योग गर्नुपर्छ ।

४. ऊर्जाले भरिएको हुन्छः आलुको बोक्रामा क्याल्शियम र भिटामिन कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ । यसले हड्डी बलियो बनाउँछ र शरीरले ऊर्जा पनि पाउँछ । आलु पकाउँदा जहिल्यै पनि बोक्रासहित बनाउनुहोस् । ५. पाचन क्रिया बलियो बनाउँछः आलुमा अत्यधिक फाइबर हुन्छ त्यसैले यसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छन । यसमा फाइबर अत्यधिक मात्रा भएकाले कब्जियत आ’दिबाट पनि जोगाउँछ ।

६. कपाललाई कालो बनाउँछः यदि तपाईंको कपाल फुलिरहेको छ भने तपाईं एक कचौरा आलुको बोक्रालाई आधा लिटर पानीमा उमाल्नुहोस् । जब पानी एक वा दुई चम्चा हुन्छ तब यस’लाई कपालमा लगाउनुहोस् ।

पटकपटक यस्तो गर्दा तपाईंको क’पाल कालो हुँदै जान्छ । ७. डार्क सर्कललाई टाढै राख्छः आँखा मुनी यदि कालो घेरा बनेको छ वा घामले छाला ढडेको छ भने आलुको बोक्रलाई पिनेर त्यसको रस निकालेर अनुहारमा बारम्बार लगाउनुहोस् । कालोपना बिस्तारै कम हुँदै जान्छ ।

 


Last Updated on: September 12th, 2021 at 3:35 pm
१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया