सोमबार ११ आश्विन २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले आ–आफ्नो उम्मेद्धवारी घोषणा गरिसकेका छन् ।

विनोद चौधरीले पनि यसपटक पदाधिकारीमा आउने तयारी गरेका छन् । उनले उपसभापतिमा उम्मेद्धवारी दिने तयारी थालेका छन् ।

देशभरिका जिल्ला सभापतिहरुको मागबमोजिम उनी उपसभापतिमा उठ्ने तयारीमा जुटेका हुन् ।

तर, उनी कुनै गुटमा भने नलाग्ने भएका छन् । बरु, कुनै गुटमा नलागेकाहरुको साझा समूह बनाउने तयारीमा लागेका छन् ।

चौधरी कांग्रेसमा साझा व्यक्तिको रुपमा परिचित छन् । उनलाई उपसभापतिमा ल्याउनको लागि सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलापनि सकारात्मक छन् ।

पछिल्लो समय कांग्रेसमा विनोद चौधरीले नीति निर्माणको तहमा रहेर काम गर्दै आएका छन् । उनको नेतृत्वमा गरिखाने अभियानसमेत सञ्चालित छ ।

 

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश भिड्दै

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय विश्वप्रकाश शर्मा र गगन थापा १४ औं महाधिवेशनमा आमनेसामने हुने भएका छन्।

थापाले गत भदौ १४ गते काठमाडौं महानगरपालिका वडा नम्बर ३० बाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरेका थिए। थापा पछिल्लो समय संस्थापनइत समूहमा छन्।

कांग्रेसमा दुई वटा महामन्त्री पद छ। दुवै महामन्त्री प्रत्यक्ष निर्वाचनमार्फत् आउनेछन्। यसपटक मनोनित महामन्त्री पद विधानबाटै हटाइएको छ।

थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट चुनाव लड्ने तयारीमा छन्। यद्यपी संस्थापनइतरबाट पौडेल वा अरू को सभापति पदको उम्मेदवार हुने भन्ने यकिन भइसकेको छैन।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्री पदमा लडेर पराजित भएका थिए। त्यसबेला पौडेल पक्षबाट महामन्त्री पदका उम्मेदवार शशांक कोइराला विजयी भए भने देउवा पक्षबाट अर्जुननरसिंह केसी र सिटौला पक्षबाट उठेका थापा पराजित भएका थिए।

केसी र थापा अहिले संस्थापनइतर समूहमा छन्।

सभापतिमा संस्थापन पक्षबाट फेरि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा लड्ने तयारीमा छन्। देउवा पक्षबाट महामन्त्रीमा लड्ने दाबेदारमध्ये एक हुन्( प्रवक्ता विश्वप्रकाश शर्मा।

देउवा पक्षबाटै महामन्त्री पदमा गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र एनपी साउद पनि आकांक्षी छन्। क(कसलाई महामन्त्री उठाउने चयन गर्न यसपटक सभापति देउवालाई कठिन पर्ने देखिएको छ।

संस्थापनइतर समूहबाट थापाले उम्मेदवारी घोषणा गरेकोले उनीजस्तै युवा र लोकप्रिय उम्मेदवार खडा गर्न देउवालाई चुनौती छ। देउवाले महामन्त्रीमा प्रवक्ता शर्मालाई उभ्याउन सक्ने आँकलन भइरहेका छन्।


Last Updated on: September 13th, 2021 at 12:16 pm
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया