बिहिबार ३१ भाद्र २०७८

नारायणगढको लायन्सचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृ,x त्यु भएको छ । मृ,x त्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३१ वर्षीय यदुराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिमेन्ट लिएर जनकपुरतर्फ जाँदै गरेको ना८ख ६२४९ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ३९ प २०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पौडेल गम्भीर घाइते भएका थिए । घाइते पौडेलको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृ,x त्यु भएको हो । पौडेलको श,व भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

ब्लड प्रेसर कंट्रोल गर्न देखी पिम्पल्स हुने समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ खजुरले, यस्ता छन् अन्य फाइदाहरु

खजुर स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । खजुर खाने बानीले शरीरका टक्सिन्सलाई टाढा राख्छ । जसले स्किनको चमक बढाउन मद्दत गर्छ ।यसमा भिटामिन सी हुन्छ ।

जसले स्किन कसिलो गर्न सहयोग पुर्याउँछ र रिंकल्सबाट पनि बचाउँछ । खजुरमा जिंक हुन्छ । नियमित खजुरको प्रयोग गर्दा कपाल कालो र बाक्लो हुन्छ । खजुरमा आइरनको मात्रा पनि हुन्छ । जसले रक्तसञ्चारलाई सन्तुलित गर्ने काम गर्छ । आइरनले कपालको समस्याबाट पनि बचाउँछ ।यसमा भिटामिन बी हुन्छ । जसले पिम्पल्सलगायतका समस्यालाई दूर गर्ने काम गर्छ ।

खजुरबाट पेन्टोथेनिक एसिड पनि पाइन्छ । जसले मृत छालाको सेल्सलाई हटाउने काम गर्छ र अनुहारमा चमक ल्याउँछ । र खानाले ब्लड प्रेसर कंट्रोल गर्न सकिन्छ ।

खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ । यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ । मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ ।खजूरको ड्राई फ्रूटको श्रेणीमा राखिन्छ ।

प्रत्येक दिन बिहान तीन वटा दाना खजूर खादा स्वास्थयका लागि राम्रो हुन्छ । खजूर खानेवित्तिकै तातो पानी खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् ।

 


Last Updated on: September 13th, 2021 at 3:56 pm
१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया