बिहिबार ३१ भाद्र २०७८

अमेरिकाका सन्जय कृष्णमुर्तीले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालविरुद्ध डेब्यू गरेका छन् ।

एरोन जेम्स र जसदीप सिंह घाएते भएपछि उनलाई टोलीमा बोलाइएको थियो । सन्जयसँगै अमेरिकाले केइ फिलिप्सलाई टिममा बोलाएको थियो ।

फिलिप्सले भने आजको खेलमा मौका पाएनन् । तर, अलराउन्डर सन्जयले भने आजको खेलमा मौका पाएका छन् ।

उनले नपाललविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गर्न लागेका हुन् । नेपालले केहिबेरमा अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । नेपालले अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्दैछ

 

यो पनि पढ्नु हाेस

तोरी खायो मौरीले’ बोलको गीतलाई बन्द गर्न मौरीपालक महासंघको माग

दुई महिना अगाडि सार्वजनिक तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतलाई लिएर नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको छ । खेम सेञ्चुरी र कमला घिमिरेको स्वरमा सार्वजनिक उक्त गीतमा समावेश शब्दप्रति महासंघले आपत्ति जनाएको हो । महासंघले गीतमा समावेश ‘तोरी खायो मौरीले’ भन्ने शब्दमा आपत्ति जनाएको छ ।

यसप्रति मौरीपालक महासंघ दुःखित रहेको र कृषकहरुलाई आक्रोशित र अन्यौल बनाएको भन्दै मौरीपालक महासंघले आईतबार विज्ञप्ती नै जारी गरेको छ । मौरीपालक महासंघले गीत सम्प्रेषित र प्रकाशित गर्नेप्रति खेद प्रकट गर्दै कानुनी कारवाही गर्न आग्रह गरेको छ । साथै, यो गीतको प्रशारण बन्द गर्न पनि महासंघले माग गरेको छ ।

तोरी उत्पादनमा मौरी विचरण गर्दा ३० देखि ३३ प्रतिशत भन्दा बढी उत्पादनमा बृद्धि भएको अवस्थामा उक्त गीतले गलत सन्देश प्रस्तुत गरेको मौरीपालक महासंघका अध्यक्ष शिव प्रसाद शर्माले अनलाइनखबरसँग बताए ।उनले भने–‘मौरीले तोरी खाएपछि राम्रो उत्पादन हुँदोरहेनछ भन्ने खालको नकारात्मक सन्देश गीतले सम्प्रेषण गर्न खोजेको छ ।’ गीत सार्वजनिक भएको लामो समयसम्म जानकारी नपाएको र जानकारी पाउनासाथ विरोध जनाएको उनले बताए । उनले कृषि मन्त्रालय, गृह मन्त्रालयमा समेत यसबारे जानकारी गराएको बताए ।यस गीतलाई नेत्र अर्यालले लेखेका हुन् । उनले शब्दलाई केवल विम्बका रुपमा मात्र प्रयोग गरिएको बताए । उनले गीत, संगीतमा धेरै कुराहरु विम्बका रुपमा प्रयोग हुने बताउँदै गीत सार्वजनिक भएको लामो समयपछि विज्ञप्ती आएकोमा आश्चर्य प्रकट गरे ।

 


Last Updated on: September 13th, 2021 at 4:23 pm
१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया