सोमबार ११ आश्विन २०७८

नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध भव्य जनसभाको आयोजना गरेको छ । काठमाडौँको खुल्ला मञ्चमा हुने बृहत जनसभामा नेकपा महासचिव विप्लवले सम्बोभन गर्ने कार्यक्रम रहेको छ ।

एमसीसी विरुद्ध विरोध प्रदर्शनसहितको ¥यालिमा विप्लवको पनि सहभागिता हुने नेकपाले जनाएको छ । तीन ठाउँबाट ¥यालि निकालीने छ ।

त्रिपुरेश्वर, माइतिघर र लौनचौरबाट निकालिएको ¥याली खुल्लामन्चमा गएर सभामा परिणत हुने छ । खुल्ला मञ्चमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले जानकारी दिए । २० हजार भन्दा बढीको उपस्थितिमा हुने एमसीसी विरुद्धको जनसभा लागि मञ्च तयार भइसकेको नेता लामाले बताए ।

काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचारप्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेट बनाउने र विभिन्न जिल्लाबाट आउने जनमानसहरुको तयारी गरिरहेको बताइएको छ ।

भोलि बिहान साँढे ११ बजेदेखि काठमाडौँको त्रिपुरेश्वर, बबरमहल र लैनचौरबाट र्यालीहरु सुरु हुने, मूल जुलुस सुन्धाराबाट हुने उक्त ठाउँबाट महासचिव विप्लव जोडिने र जुलुस खुल्ला मञ्चमा प्रवेश गरी १२ बजेदेखि जनसभा सुरु हुने छ ।

एसीसीविरुद्ध देशभर साताव्यापी आन्दोलनका कार्यक्रम गर्दै आएको नेकपाले आजको जनसभालाई विशेष महत्वका साथ राष्ट्रिय स्वाधिनताको आन्दोलनको कार्यक्रम बनाउने नेता माइला लामाले जनाएका छन् ।

यो कुनै पार्टी विशेषको कार्यक्रम मात्र नभएर एमसीसीको विरुद्धमा लाग्ने सबै देशभक्त, राष्ट्रप्रेमि र राष्ट्रिय स्वाधिनताको पक्षमा लाग्ने स्वाभिमानी नेपाली नागरिकहरुको कार्यक्रम भएकाले सम्पूर्ण देशभक्ति शक्तिहरु र नागरिकहरुलाई उपस्थित हुन नेकपाले अपिल गरेको छ ।

प्रचारप्रसार तथा प्रकाशन विभागका इन्चार्ज बसन्त श्रेष्ठ ‘प्रज्वलन‘ले पनि यो कार्यक्रम नेकपाको मात्र नभएर राष्ट्रिय स्वाधिनताको आन्दोलन समेत भएकाले सम्पूर्ण देशभक्ति, राष्ट्रप्रेमि प्रगतिशील शक्तिहरु र देशको स्वाधिनता रक्षा गर्ने नागरिक र मिडियाकर्मीहरुलाई जनसभामा सहभागि हुन आह्वान गरेका छन् ।

 


Last Updated on: September 13th, 2021 at 4:47 pm
१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया