सोमबार ११ आश्विन २०७८

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका सम्पूर्ण निर्णय उत्टाउन लागिपरेको छ । यसै सन्दर्भमा सरकारले भुमि सम्बन्धि आयोग खारेज गरेको छ । यसको भने सबै तिर बिरोध भएको छ । सरकारले ओली सरकारका एक पछि अर्का निर्णयहरु खारेज गर्दै गर्दा भूमि सम्बन्धी आयोग खारेज गर्ने निर्णय भने धेरैले मन पराएका छैनन् । लाखौं गरिब र भूमिहीनलाई राहत दिन लागेको आयोग खारेज गरिएको भन्दै यो निर्णयको बिरोध गरिएको हो ।

पछिल्लो समय केपी शर्मा ओलीका आलोचक रहेका वामपन्थी विश्लेषक तथा पूर्व सभाषद श्याम श्रेष्ठले पनि यो निर्णयको बि,रोध गरेका छन् । उनी फेसबुकमा लेख्छन्, ‘भुमि सम्बन्धि आयोगलाई देउबा सरकारले खारेज गरेर नितान्त गलत कार्य गरेको छ । यो भूमिहीन, गरिब, सुकुम्वासी र तल्लो बर्गका जनताको जीवन सित जोडिएको आयोग थियो । यसमा बेठिक मानिस परेका छन् भने तिनलाई पो हटाउने हो त ।

अघिल्लो सरकारले गरेको हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट हरेक सरकार मुक्त हुन आवश्यक छ। राम्रा कुरालाई त जसले थाले पनि निरन्तरता दिइनु पर्छ । जनविरोधी देश-घाती कुरा मात्र उल्ट्याउने हो । नत्र त धरहरा पनि ढा ले भयो । रानी पोखरी पनि भता-भुंग पारे भयो । चीनसितको पारवहन मार्ग सम्बन्धि सम्झौता पनि रद्द गरे भयो ।’


Last Updated on: August 4th, 2021 at 7:31 pm
२३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया