बिहिबार ३१ भाद्र २०७८

यतिबेला चरी जेलै’मा गीत लोकप्रीय छ । यो गीतका कारण गायिका विष्णु माझी खो’जी’मा परेकी छिन् । गीत जस्तै उनको जीवन मिल्दोजुल्दो भएको चर्चा चलेको छ ।

माझी मिडियामा सायदै आउछिन् । उनी परिवार’बाटै ब’न्ध’क बना’इ’ए’की हुन् वा होइनन् ? त्यसको खोजी हुन थालेको छ ।

रा’ष्ट्रिय मानवअ’धिकार आयोगले माझीको पछिल्लो अवस्थाको बारे’मा अ’नुसन्धा’न सुरु गरेको छ । आयोगको पत्रको आधारमा स्थानिय प्रहरी उनलाई खोज्न माइती गाउँसम्म पुगेको छ ।

स्याङ्जामा पुगेपनि उनको अवस्था पत्ता लागेन् ।उनको पछिल्लो अवस्था पत्ता लगाउन आयोगले स्याङ्जा प्रशासनलाई निर्देशन दिएअनुसार स्थानिय प्रहरीको टोली उनको माइतीघर पुगेको थियो ।

तर, घरमा कोही नभेटिएको प्रहरीको भनाई छ ।अनौपचारिकरुपमा बुझ्न जाँदा उनको माइतीमा कोही नरहेको र बुवाआमा बि’तिसके’को हुना’ले थप जानकारी पाउन नसकेको प्रहरीले जनाएको छ । यसअघि पनि विष्णुमाझी’को अ’वस्था’बारे २०७५ सालमा जिल्ला प्रशासन कार्यालयले चा’सो राखेको थियो ।

त्यत्तिबेला विष्णु श्रीमान सुन्दरमणी अधिकारी सहित पुस २ गते प्रशासन पुगेकी थिइन् । सोधपुछको क्रममा विष्णुले आफुमाथि श्रीमान’ले कुनै पनि ग’ल’त व्य’वहा’र न’भए’को स्प’ष्ट पारे’की थिइ’न् ।

उनलाई श्रीमान’ले ब’न्ध’क ब’ना’ए’र राखे’को बा’हिर च’र्चा चले’को छ । अहिले चर्चामा रहेको गीत चरी जेलैमा उनकै श्रीमान सुन्दरमणि अधिकारीको लेखन तथा संगित रहेको छ ।

 


Last Updated on: September 13th, 2021 at 5:38 pm
३३० पटक हेरिएको

तपाईको प्रतिक्रिया