बिहिबार ०७ आश्विन २०७८

भरतपुर महानगरपालिका–२ नारायणगढको गणेशहल अगाडि ट्रकले मोटरसाइकलाई ठ’क्कर दिँदा ‘रियल जब सेन्टर’ का प्रवन्ध निर्देशक यदुराज पौडेलले ज्यान गु’माएका छन् ।३१ वर्षीय पौडेल रत्ननगर नगरपालिका–१० पर्साेनीका स्थायी बासिन्दा हुन् ।

ना ८ ख ६२४९ नम्बरको ट्रकले पौडेलले चढ्ने ना ३९ प २०९३ नम्बरको पल्सर बाइकलाई आज बिहान १०ः३० बजेको समयमा ठ’क्कर दिएको थियो । ट्रकको ठ’क्करबाट पौडेलको घ’टनास्थलमै मृ’x त्यु भएको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पौडेल युवाहरुलाई रोजगारीका अवसरहरु प्रदान गरेर झण्डै दुई बर्षदेखि चितवन आधार क्षेत्र बनाएर नारायणगढको मिलनरोडमा रियल जब सेन्टर खोलेर बसेका थिए । यसले चितवन लगायत यसका छिमेकी जिल्लाहरुका जब खोज्ने युवाहरुलाई काम र रोजगारी दिएर यस व्यवसायमा आफूलाई अलग्गै पहिचान बनाइसकेका थिए ।

बढ्दो शहरीकरणसँगै चितवनमा रोजगारी दिने रोजगारी प्रदायक संस्था र जब खोज्नेको दूरी घटाउनका लागि चितवनमा पनि केही गरौ भन्ने हिसाबले उनले जबसेन्टरको अबधारणा ल्याएका थिए । चितवनमा जब दिने र खोज्ने बीचको माध्यम बनेर, परामर्श र साथसाथै जागिर खोज्नेहरुको योग्यता ,

क्षमता, सीप अनुसार एउटा कन्सल्ट्याण्टको रुपमा काम गर्ने उद्धेश्य सहित उनले रियल जब सेन्टर स्थापना गरेको सञ्चारमाध्यमहरुलाई बताएका थिए । उनको संस्थामा औषतमा महिनामा ६०० को हा’राहारीमा युवाहरु जब खोज्न जाने गर्दथे भने महिनामा १२० भन्दा बढीलाई जागिर दिने काम भइरहेको थियो ।


Last Updated on: September 14th, 2021 at 9:52 am
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया