सोमबार ०४ आश्विन २०७८

नेपालले त्रिकोणात्मक शृखङ्लाअन्तगर्तको पहिलो खेलमा अहिले अमेरिकाको सामना गरिरहेको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले अमेरिकासँग खेलिरहेको हो ।

ओमानको राष्ट्रिय क्रिकेट एकेड्मीको अल एमिरात क्रिकेट ग्राउन्डमा जारी खेलमा अमेरिकाले नेपाललाई दुई सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभर खेल्दा नौ विकेटको क्षतिमा दुई सय ३० रन बनायो । अमेरिकाका लागि मोनक पटेलले शतकीय पारी खेलेका थिए ।

यस्तै, निसर्ग पटेलले २१ रन बनाउँदा सुशान्त मोडानीले र करिमा गोरे १६–१६ रन जोडे । स्टेभन टेलर १४ रनमा आउट हुँदा अभिषेक पराड्कर १३ रनमा अजिवित रहे । सञ्जय कृष्णमूर्ति र नोस्ठुस केन्जिगेले १३–१३ रन बनाउँदा जस्करण मल्होत्राले ११ रन जोडे । यस्तै, कप्तान सौरभ नेत्रभाल्कर ६ रनमा नटआउट रहे ।

बलिङतर्फ सन्दीप लामिछाने, सुशन भारी र विक्रम सोबले दुई–दुई विकेट लिँदा कुशल मल्ले एक विकेट झारे ।

दुवै टोलीले मैत्रीपूर्ण खेलमा पिएनजीलाई हराएर प्रतियोगिताको सुरुआत गरेका हुन् । कोरोना महामारीले पटक–पटक स्थगित हुन पुगेको प्रतियोगिता करिब डेढ वर्षपछि खेलाइएको हो ।


Last Updated on: September 14th, 2021 at 10:13 am
७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया