सोमबार ०४ आश्विन २०७८

बेलौरी नगरपालिका–१० सडकघाटका का अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृ,x त्यु भएको छ । सोमवार साँझ अबेर सुपप्र०१००९प ५०५८ नंको मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा मोटरसाइल ठोक्किँदा उनी सख्त घाइते भएका थिए ।

तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा चौधरीको बाटोमै मृ,x त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारीदिनुभयो ।

 

यसैबीच भीमदत्त नगरपालिका–११ भुजेलास्थित साइवन नहरमा सोमबार अन्दाजी वर्ष ४५ का पुरुषको श,व प्रहरीले फेला पारेको छ । नहरमा कम्मरदेखि खुट्टासम्मको भाग देखिएको र कम्मरभन्दा तल टाउकोसम्मको

भाग पानीमा घोप्टो डुबेका अवस्थामा पुरुषको श,व फेला परेको प्रनाउ न्यौपानेले बताउनुभयो ।उहाँका अनुसार बरामद श,वको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।


Last Updated on: September 14th, 2021 at 10:24 am
१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया