बिहिबार ३१ भाद्र २०७८

इजरायल जान इच्छुक उमेद्वावारहरुले दिएको आंग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
परीक्षामा २ हजार ३९ जना पास भएका छन् । त्यसमध्ये १३९५ जना महिला र ६४४ जना पुरुष छन् ।

‘ओएमआर’ प्रविधिबाट उत्तरपुस्तिका जाँच हुने भएकाले नतिजा छिटो आएको हो । सोमबार भएको परीक्षाको मंगलबार नै नतिजा आएको हो ।
परीक्षामा सहभागी हुन ९ हजार ६९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षाका लागि प्रवेश पत्र बुझेका थिए ।

त्यसमध्ये परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए भने ६९२ जना अनुपस्थित रहेका थिए ।
अब भाषा परीक्षा पास भएकाहरुको अन्तरवार्ता लिइनेछ ।

अन्तरवार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिनेछ ।
छनोट भएकाहरुको सूची इजरायल सरकारलाई पठाइनेछ ।

इजरायलले सो सूचीबाट कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको छनोट गर्नेछ ।

छनोट प्रक्रिया सकिएपछि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि जान पाउनेछन् । त्यसरी जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने छ ।

शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ ।


Last Updated on: September 14th, 2021 at 6:23 pm
७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया